Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ५, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

उपनिर्वाचनको तयारी पूरा

प्रत्यूष ३४० पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ९, शनिबार (२ साल अघि)
उपनिर्वाचनको तयारी पूरा

प्रतिनिधिसभा सदस्यको भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा निधक्क भइ मतदान गर्न मतदाता समक्ष निर्वाचन आयोगले अपिल गरेको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्नुपर्नेछ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले विशेष सजगता अपनाइएको आयोगको भनाइ छ । निर्वाचन हुने दिनभन्दा ४८ घण्टा प्रचारप्रसार निषेधको अवधि सुरु भइसकेको छ ।

यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइसकिएको छ । मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमन भइरहेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

आयोगले मतदानका दिन सम्बन्धित जिल्लामा आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न निर्देश गरेको छ । मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुनसक्ने प्रभावको पूर्वतयारीका लागि त्रिपाललगायत सामग्रीको बन्दोबस्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन दिई सकिएको छ ।

मतदान सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हूलहुज्जत वा असमान्य परिस्थिति सृर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई आयोगले निर्देशन दिएको छ ।

आयोगले उपनिर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज र आमसञ्चार माध्यम लगायत सबै सरोकारवालाहरूको सहयोग र सहभागिताबाट निर्वाचन सम्पन्न हुनेमा आयोग विश्वस्त लिएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

  • वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

  • भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

  • माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution