
धादिङ,०७ बैशाख ।
नदीमा करेन्ट लगाएर माछा मार्ने धादिङ चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयका प्रहरीले गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ स्थित दराँैदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
पक्राउपर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका २८ वर्षका लीलामान कुमाल, २६ वर्षका सरोज कुमाल, राहुल कुमाल र रचिन कुमाल रहेको उहाँले बताउनुभयो । सिरानचोक गाउँपालिका–७ मा पर्ने ओडारेस्थित दरौँदी नदीमा राति १ः३० बजे ब्याट्रीमार्फत करेन्ट प्रवाह गरी माछा मार्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।
पक्राउ परेकाको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरिएकोे १२ भोल्टको ब्याट्री, करेन्ट प्रवाह गर्ने भाटा, माछा थाप्न बनाइएको जाली र माछा राख्न बनाइएको फुर्लुङसमेत बरामद गरिएको छ, उपरीक्षक लामिछानेले भन्नुभयो । नदीमा करेन्ट प्रवाह गरी माछा मार्नेक्रम बढ्दै गएपछि प्रहरीले यस्ता कार्र्य रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको हो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |