Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ब्याजदर घट्दा शेयर बजारमा हरियाली

प्रत्यूष ९४२ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २९, बुधबार (३ साल अघि)
ब्याजदर घट्दा शेयर बजारमा हरियाली

ब्याजदर एकल अङ्कमा झार्ने निर्णयसँगै यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ । बुधबार बसेको नेपाल बैंकर्स सङ्घले बैठकले ब्याजदर एकल अङ्कमा झार्ने निर्णय गरेको थियो ।

ब्याजदर घटाउने निर्णयसँगै आजको कारोबारमा नेप्से परिसूचक ९२ दशमलव २२ अङ्क अर्थात् चार दशमलव ९३ प्रतिशतले बढेर एक हजार नौ सय ६३ दशमलव ५५ अङ्क कायम भएको छ ।

नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज दुई सय ६७ वटा कम्पनीको ६१ लाख सात हजार चार सय २५ कित्ता शेयर ४७ हजार दुई सय ८५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ९७ करोड ६० लाख ७६ हजार बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक चार सय ४२ दशमलव ३३ र निर्जीवन बीमा समूहको उपसूचक तीन सय ४३ दशमलव २९ अङ्कले बढेको छ ।

आज बैङ्किङ समूह ६६ दशमलव तीन, विकास बैंक समूह एक सय ९७ दशमलव ८०, वित्त समूह एक सय आठ दशमलव २१, होटल तथा पर्यटन समूह एक सय १८ दशमलव ३६ र जलविद्युत् समूह एक सय २० दशमलव २८ अङ्कले बढेको छ ।

त्यसैगरी लगानी समूह दुई दशमलव ६९, उत्पादन तथा प्रशोधन समूह दुई सय १८ दशमलव २०, लघुवित्त समूह एक सय ७२ दशमलव ६७, म्युचुअल फन्ड शून्य दशमलव ३९, व्यापार समूह ८४ दशमलव २१ र अन्य समूह ४७ दशमलव ५५ अङ्कले बढेको छ ।

आज आधा दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिद्धार्थ इक्विटी फन्ड, सिटिजन्स म्युचुअल फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिञ्चोक दर्शन लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज तीनवटा कम्पनीको शेयर मूल्य मात्रै घटेको छ । एभरेस्ट बैंक लिमिटेड डिभेन्चर–२०८६ को मूल्य एक दशमलव ९९, सिभिल बैंक डिभेन्चर–२०८८ को मूल्य एक दशमलव १९ र सिद्धार्थ बैंक लिमिटेड डिभेन्चर–२०८३ (१० दशमलव २५ प्रतिशत) को मूल्य शून्य दशमलव ५५ प्रतिशतले घटेको हो ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै रु ११ करोड ७१ लाख ३५ हजार तीन सय ४२ बराबरको दुई लाख ८५ हजार आठ सय २६ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    यातायात भाडा समायोजनको माग

  • Post Thumbnail

    बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

  • Post Thumbnail

    ‘दलित बालिकाका मागप्रति लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छ’

  • Post Thumbnail

    चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    यातायात भाडा समायोजनको माग

    Post Thumbnail

    बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

    Post Thumbnail

    कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि

    Post Thumbnail

    महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution