
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुन तोलाको ५०० रुपैयाँले बढेको छ । सोमबार सुन प्रतितोला ७०० रुपैयाँले रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको भाउ पनि बढेको छ । मंगलबार चाँदी ५ रुपैयाँले बढेर तोलाको १४ सय ३५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी तोलाको १४ सय ३० मा खरिद बिक्री भएको थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |