धादिङ,२१ चैत्र ।
ईच्छाकामना गाउँपालिका–३ चुमलिङटार स्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको वेनिघाट रोराङ गाउँपालिका–३ बस्ने २४ वर्षीय अन्जन सिलवाल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चुम्लिङटारबाट धादिङ हुग्दी खोलातर्फ आउँदै गरेको बा.५६ प २९८३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना भएको थियो ।
दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |