Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बालमैत्री स्थानीय शासन कार्यान्वयन विषयमा कार्यशाला

प्रत्यूष १०६३ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र १३, सोमबार (२ साल अघि)
बालमैत्री स्थानीय शासन कार्यान्वयन विषयमा कार्यशाला

धादिङ। बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.५ ले २०८० सालभित्र वडालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा गर्ने लक्ष्य सहित कार्य गरिरहेको कुश बहादुर सिटौलाले बताउनु भएको छ ।

आईतवार त्रिपुरासुन्दरी गाउँपालिका महिला तथा बालबालिका शाखाले वडा नं.५ वडा कार्यालय कठेरीमा आयोजना गरेको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा बालमैत्री आचार संहिता तथा कार्ययोजना तर्जुमा कार्यशाला उद्घाटनको अवसरमा वडाध्यक्ष सिटौलाले सो कुरा बताउनु भएको हो ।

कार्यशालामा महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले गाउँपालिकामा बालमैत्री स्थानीय शासन अबलम्वन तथा घोषणा गर्ने कार्य कुनै परियोजना कार्यान्वयन नभएर यो बालबालिकाको सर्वोत्तम हित ,सर्वाङ्गिण बिकास र अर्थपूर्ण सहभागीताको सिद्धान्तमा आधारित सवालहरुलाई स्थानीय तहको निति ,योजना , संरचना र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धति भएकोले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि स्थानीय तहको भएकोले त्रिपुरासुन्दरी गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणाको लागि वडागत रुपमा अभियानको रुपमा अगाडि बढाईएको बताउनु भयो । वडाध्यक्ष कुश बहादुर सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासन वडा समितिका पदाधिकारीहरु सहित २१ जनाको सहभागीता रहेको थियो ।

बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको लागि वडातहमा गर्नु पर्ने कामको प्राथमिकताक्रम अनुसार कार्ययोजना तयारी र बालबालिका , अभिभावक , बिद्यालय , जनप्रतिनिधिहरुको लागि बालमैत्री आचार संहिता तयार गरिएको महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले बताउनु भयो ।

कार्यशालामा बालमैत्री स्थानीय शासनका ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा सुचकहरु पूरा गर्न स्थानीय तहको वडास्तरबाट गर्नुपर्ने बालबालिकाहरुको बस्तुगत विवरण तयारी, आचार संहिता,वडा बालसंञ्जाल गठन,परिचालन , समुदाय तहमा गर्नु पर्ने बाल अधिकार सम्बन्धि सचेतना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको कठेरीबाट त्रिपुरासुन्दरी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

  • पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

    पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

    जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

    पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

    पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

    जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution