Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २१, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपालको साक्षरता दर ७६.२ प्रतिशत

५६५ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र ११, शनिबार (२ साल अघि)
नेपालको साक्षरता दर ७६.२ प्रतिशत

काठमाडौं। नेपालको साक्षरता दर बितेको १० वर्षमा १० प्रतिशतले वृद्धि भई ७६.२ प्रतिशत पुगेको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६.२ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ ।

जबकि २०६८ को जनगणनाअनुसार कूल साक्षरता दर ६५.९ प्रतिशत थियो । पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो ।अर्थात् साक्षरता दर विगत १० वर्षमा प्रत्येक वर्ष १ प्रतिशतका दरले मात्रै बढेको पाइएको हो ।

उता, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने १५ वर्ष देखि ६० वर्ष उमेरसमूहका ८५ प्रतिशत जनसंख्या साक्षर भइसकेका दाबी गर्दै आएको थियो । यस पटकको जनगणनामा कम्तीमा ८५ प्रतिशत साक्षरता दर नाघ्ने पूर्वानुमान गरिएको थियो ।

जनगणनाको नतिजाले भने देशका ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका कुल २,६६,७५,९७५ जनसंख्यामा २,०३,४१,६२३ जना (७६.२ प्रतिशत) पढ्न र लेख्न दुबै जान्ने देखाएको हो ।

प्रदेशगत आधारमा हेर्दा बागमती प्रदेशमा सबै भन्दा धेरै साक्षरता दर रहेको छ । बागमती प्रदेशमा पाँच वर्ष वा सो भन्दा माथिल्लो उमेरका जनसंख्याको ८२.१ प्रतिशत साक्षर रहेका छन् । पुरुषको साक्षरता दर गण्डकी प्रदेशमा उच्च रहेको छ । मधेश प्रदेशमा सबै भन्दा कम साक्षरता दर ६३.५ प्रतिशत रहेको छ । पुरुष र महिलाको साक्षरता दर समेत मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा सबैभन्दा कम रहेको छ ।

सबै जिल्लाहरुमा ५५ प्रतिशत भन्दा धेरै साक्षरता दर देखिएको छ । काठमाडौ जिल्लामा सबैभन्दा वढि ८९.२३ प्रतिशत र रौतहट जिल्लामा सबैभन्दा कम साक्षरता दर ५७.७५ प्रतिशत रहेको छ । पुरुष र महिलाको साक्षरता दर पनि अन्य जिल्लाको तुलनामा काठमाडौं जिल्लामा क्रमशः ९४.१९ प्रतिशत र ८४.१६ प्रतिशत रहेको छ । रौतहट जिल्लामा भने महिला र पुरुष दुवैको साक्षरता दर अन्य सबै जिल्लाहरुको भन्दा कम रहेको छ ।

दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने घोषणासहित आर्थिक वर्ष २०६५/६६ मा सुरु भएको साक्षरता कार्यक्रम १४ वर्ष बित्दासम्म पनि पूरा हुन सकेको छैन । करिब ७८ लाख जनसंख्यालाई साक्षर बनाउने लक्ष्यका साथ अभियान शुरु भएयता झण्डै १० अर्ब खर्च भएको छ, तर दर्जन बढी जिल्ला साक्षर घोषणा हुन अझै बाँकी छ । साक्षर घोषणा भएका जिल्लामा समेत प्रभावकारी रुपमा पोस्ट साक्षर तथा निरन्तर शिक्षाका कार्यक्रम नहुँदा साक्षर व्यक्तिसमेत निरक्षर हुन थालेका हुन् ।

सरकारले पहिलो पटक आ.व. २०६५/६६ को नीति तथा कार्यक्रममा दुई वर्षभित्र सबै नागरिकलाई साक्षर बनाउने कुरा गर्यो । त्यसको चार वर्षपछि फेरि २०६९/७० को बजेट भाषणको ६७ नम्बर बुँदामा साक्षर नेपाल अभियान कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरियो । त्यसैको आधारमा शिक्षा मन्त्रालयले तीन वर्षभित्र देश साक्षर हुने दाबी गर्यो । त्यो दाबीले पनि हावा खायो । सरकार रोकिएन, फेरि २०७१/७२ को नीति तथा कार्यक्रममा साक्षर नेपाल अभियानलाई निरन्तरता दिँदै आगामी वर्षलाई निरक्षरता उन्मूलन वर्षका रूपमा मनाइने जिकिर गर्यो । त्यसको चार वर्ष पछि २०७५/७६ को बजेट भाषणको बुँदा नम्बर ४१ मा फेरि दुई वर्षभित्रमा साक्षर नेपाल घोषणा गरिने कुराले निरन्तरता पायो ।

अझ त्यतिबेला यसका लागि प्रदेश र स्थानीय तहसँग सहकार्य गरिने बुँदा थपियो । फेरि अर्को वर्ष पनि सोही नारा दोहोरियो । आ.व. २०७६/७७ को नीति तथा कार्यक्रमको ९९ नम्बर बुँदामा पनि आगामी दुई वर्षभित्र नेपाललाई साक्षर नेपाल घोषणा गरिने भनेर घोषणा गरियो । दुईवर्ष पछि फेरि सरकारले साक्षर नेपालको नारा घन्कायो । आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम तथा बजेटमा साक्षर नेपाल बनाउने कुरा दोहोर्याइयो । तर, सरकारका दुइवर्षे कुरा आजसम्म पुरा हुन सकेन । तर, सरकारले अहिले पनि यो दुई वर्षे नारा छाडेको छैन ।@educationpati

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

  • प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

  • किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

  • साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution