Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर १५, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप

प्रत्यूष ३६५ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र ८, बुधबार (२ साल अघि)
प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप

बर्दिबासमा जारी बर्दिबास महोत्सवमा रवीन्द्र पण्डित कुम्हालले घुमाएको चक्र हेर्नेको भिड ठूलो छ। चक्र घुमेको हेर्दै रमाइरहेका उनीहरुमध्ये धेरै त घुमेको चक्रको दृश्य मोबाइलमाकैदगर्न व्यस्त छन् । महोत्सव सुरु भएको छ दिन यतादेखि घुमिरहेकै छ कुम्हालेको चक्र र त्यो हेर्नेको भिड पनि बढिरहेकै छ । अझ महोत्सवमा आउने युवा तथा विद्यार्थीहरुघुमिरहेको चक्रबाट माटोका भाँडा बन्दै गरेको प्रक्रियालाई झनै चासोपूर्वक नियालिरहेको देखिन्छ ।

माटोका भाँडा बन्दै गरेको हेर्न लालायित भिडले खरिदगर्न भने खासै रुचि नदेखाएको कुम्हालको अनुभव छ । “यो हाम्रो पुख्र्यौली पेसा हो, हजुरबुबाहरुले यसैबाट जीविकोपार्जन गर्नुभयो”, रवीन्द्रले भन्नुभयो, “तर अब भने यसबाट व्यवसायिक लाभ लिन निकै गाह्रो छ ।”

माटोका भाँडा बिक्री हुन छाडेपछि यी पसलमा भन्दा प्रदर्शनीमा सीमित हुन थालेकोमा उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ ।“चक्र घुमाएर भाँडा र खेलौना बनाएको हेर्दै रमाइलो मान्नेहरु धेरै छन्”, उहाँले सुनाउनुभयो, “तर यस्ता भाँडाको बिक्री भने निकै न्यून छ ।”

महोत्सवमा रवीन्द्रले माटोबाट बनेका अम्खोरा,चिया पिउने प्याला,खुत्रुके र ढकनालगायतका उत्पादन बिक्रीका लागि राख्नुभएको छ । तर यसबाट हुने आम्दानी ज्यादै न्यून रहेको उहाँको गुनासो छ । उसो त महोत्सवमा मात्रै होइन हाटबजारमा पनि यस्ता भाँडा बिक्री हुन छाडिसकेको उहाँको अनुभव छ ।

कुनै समय मधेसको प्राचीन मिथिला क्षेत्रमा पानी राख्ने गाग्री९घैँटो, घैला०, दही जमाउने छ्याँची, चामल÷पीठोसहितका सर्दाम राख्न तौला र खाना पकाउने डेक्चीपनि माटाकै प्रयोग हुन्थे । तर आधुनिकतासँगै सिल्भर र प्लास्टिकका टिकाउ भाँडाको प्रयोग बढ्न थालेपछि कुम्हालको पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेको छ ।

“माटाका भाँडाको राखनधरन र उपयोग स्वस्थ्यकर हुन्छ”, बर्दिबासका स्वास्थ्यकर्मी राधेश्याम झा भन्नुहुन्छ, “माटाका भाँडाको महत्व थाहा नहुँदा र कम टिकाउन हुने कारणले यसको प्रयोग कम हुँदै गएको हो ।”

पछिल्लो समय अनिवार्य मानिएका धार्मिक अनुष्ठान र प्रयोजनबाहेक माटोका भाँडाको प्रयोग लगभग हराइसकेको छ । मिथिलामा चौरचन, दशैँ, दीपावली, छठ र सामा पर्वमा माटाका भाँडा र खेलौनाको प्रयोग अनिवार्यजस्तैछ । पितृकार्यमा पनि माटाका भाँडाको खोजी गरिन्छ । त्यसैले पर्वविशेष र अन्य खास अवसरमादही जमाउने छ्याँची, ढकन, तौला, बत्ती बाल्ने दियौरी र सामाका खेलौना बिक्री हुने गरेका भङ्गाहा–५ भूचक्रपुरका काशिलाल पण्डितको भनाइ छ ।

“विशेष गरी खासपर्व र पितृ कार्यमा यस्ता भाँडाको माग हुन्छ, त्यतिले मात्रै जीवनयापन गर्न सकिन्न”, उहाँले भन्नुभयो, “जसले गर्दा पेसा नै लोप हुने अवस्थामा पुगेको छ ।” उमेरले ६० वर्ष पुग्नुभएका काशिलाललाई माटोका भाँडा बिक्न छाडेपछि पेसा हराउने हो कि भन्ने पीर लाग्न थालेको छ । मिथिला क्षेत्रमा माटोका नयाँ भाँडा शुभकार्यमा उत्तम मानिन्छ । धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा भने यसको माग अझै हुने गरेको छ ।

महोत्सवमा स्थानीय उत्पादन र सीप प्रवद्र्धनगर्ने उद्देश्यले ‘कुम्हालको चक्रस्टल’ पनि राखिएको महोत्सव आयोजकबर्दिबास उद्योग वाणिज्य सङ्घका महासचिव उत्तम श्रेष्ठले बताउनुभयो । “नयाँ पुस्ताले चाखपूर्वक माटोको भाँडा बनाउने सीपको अवलोकन गरिरहेका छन्”, उहाँले भन्नुभयो ।

पहिले जीवन गुजारा बनेको यो पेसाको पहिचान सङ्कटमा परेको छ । माटाका भाँडा बनाउने काम अब जीवन धान्ने पेसा नरहेको लोकदोहोरी प्रतिष्ठान महोत्तरीका अध्यक्ष ज्ञान बस्नेतको भनाइ छ। यद्यपि संस्कृति, परम्परा र पहिचान जोगाउनकै लागि भने पनि यसको संरक्षणका लागि जुट्नुपर्ने उहाँको सुझाव छ । रासस

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्चारमन्त्री खरेल

    एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्चारमन्त्री खरेल

  • मल्कवाङमा पहिलोपटक बस पुग्यो

    मल्कवाङमा पहिलोपटक बस पुग्यो

  • उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

  • देश गम्भीर र अपठ्यारो स्थितिमा रहेकोले उत्तम उपाय निर्वाचन नै हो : प्रचण्ड

    देश गम्भीर र अपठ्यारो स्थितिमा रहेकोले उत्तम उपाय निर्वाचन नै हो : प्रचण्ड

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर १२ गते शुक्रबार

    २०८२ मंसिर १२ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्चारमन्त्री खरेल

    एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्चारमन्त्री खरेल

    मल्कवाङमा पहिलोपटक बस पुग्यो

    मल्कवाङमा पहिलोपटक बस पुग्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    देश गम्भीर र अपठ्यारो स्थितिमा रहेकोले उत्तम उपाय निर्वाचन नै हो : प्रचण्ड

    देश गम्भीर र अपठ्यारो स्थितिमा रहेकोले उत्तम उपाय निर्वाचन नै हो : प्रचण्ड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution