Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

प्रत्यूष ४०४ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र ५, आईतबार (२ साल अघि)
सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सो जानकारी दिनुभएको हो ।

उहाँले संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिई मुलुकको चौतर्फी विकास र समुन्नतिका लागि पार्टी सरकारमा जाने निर्णय भएको बताउनुभयो ।

पार्टीकातर्फबाट सरकारमा सहभागी हुने मन्त्री चयन गर्दा कांग्रेसले योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता तथा प्रादेशिक सन्तुलनलाई आधार बनाउने निर्णय गरेको छ । गठबन्धन दलबीचको समझदारी र एकतालाई अझ बलियो बनाउँदै अघि बढ्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको वर्तमान सरकारलाई समर्थन गर्ने र भोलि चैत ६ गतेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले राख्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न पार्टी संसदीय दललाई निर्देश गर्ने निर्णय भएको प्रवक्ता डा महतले जानकारी दिनुभयो ।

यसैगरी पार्टी सरकारमा सहभागी हुने निर्णय भएसँगै आज बस्ने प्रतिनिधिसभाको बैठकमा कांग्रेस सत्तापक्षको लाइनमा रहने उहाँले जानकारी दिनुभयो । बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय यादवलाई बधाईसहित कार्यकाल सफलताको कामना दिने निर्णय गरेको छ ।

यसैगरी काठमाडौँमा सम्पन्न आइसिसी क्रिकेट विश्वकप प्रतियोगिताका विजयी नेपाली खेलाडीलाई बधाई दिँदै आगामी खेलमा विजयका लागि शुभकामना दिने निर्णय पनि गरेको कांग्रेस प्रवक्ता डा महतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

    मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

  • गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

    गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

  • पर्यटकको रोजाइमा वेतना सिमसार

    पर्यटकको रोजाइमा वेतना सिमसार

  • एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ११ गते आईतबार

    २०८२ माघ ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

    मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

    गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

    गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

    पर्यटकको रोजाइमा वेतना सिमसार

    पर्यटकको रोजाइमा वेतना सिमसार

    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution