Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ३०, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रतिफलमुखी योजना निर्माणमा स्थानीय तहको चासो

प्रत्यूष २८४ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २, बिहिबार (२ साल अघि)
प्रतिफलमुखी योजना निर्माणमा स्थानीय तहको चासो

स्थानीय सरकारलाई दिगो र महत्वपूर्ण ठूला आयोजना निर्माणका लागि अनुदानसँगै ऋण परिचालन गर्नसक्ने गरी सङ्घ सरकारबाट कानुनी अड्चन फुकाइदिन मधेस प्रदेशका जनप्रतिनिधिले आग्रह गरेका छन् ।

नगर विकास कोषले जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रममा सहभागी जनप्रतिनिधिले राजस्वको १२ प्रतिशतभन्दा बढी ऋण परिचालन गर्न नसक्ने व्यवस्थाले स्थानीय तहलाई असहज बनाएको गुनासो गरेका थिए ।

ऋण लिने सीमा निर्धारणको सिफारिस गरेकोे प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले दायरा बढाउन आयोग तयार रहेको बताउनुभयो । “ऋणको स्रोत पहिचानसँगै योजना छनोट, लगानी र असुलीको स्पष्ट कानुनको अभाव छ, लगानी बढाउने र ऋण उठाउने हो भने सबैभन्दा पहिले सरकारले कानुन बनाउनेतर्फ ध्यान दिनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले प्रतिआयोजना रु ५० करोडसम्मको लगानी गर्न कोष तयार रहेकोे बताउनुभयो । “ऋणबाट आयोजना बनाउँदैमा मेरो राजनीति सकियो भन्ने सोच नै पहिलो बाधक छ, प्रतिफलमुखी आयोजना ल्याउनुहोस्, प्राविधिकलगायतका सम्पूर्ण काम हामी गरिदिन्छौँ, क्षमता विकास गराउँछौँ, लगानी गर्छौं, त्यही आयोजनाले ऋण तथा व्याज तिर्न सक्छ”, उहाँले भन्नुभयो ।

एउटा कार्यकाल बिताइसकेको स्थानीय सरकारको दोस्रो कार्यकालका लागि निर्वाचित भएर आउँदा पनि अधिकारको विषय सधैँ पेचिलो बनेको नगरप्रमुखको गुनासो थियो । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, बोधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवलगायतले स्थानीय सरकारको अधिकार सङ्कुचित नगर्न सङ्घीय सरकारसँग आग्रह गर्नुभएको थियो ।

नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले आन्दोलनका लागि समेत तयार रहनुपर्ने बताउनुभयो । “लगानीको वातावरण बनाउन कहिले जग्गा त कहिले वनको समस्याका कारण आयोजना वर्षौंदेखि कागजमा मात्रै सीमित हुने अवस्थाको अन्त्य गर्दै पर्याप्त ऋण लगानीको बाटो खोलिदिन सङ्घीय सरकारले कञ्जुस्याइँ गर्न हुँदैन”, अध्यक्ष ढुङ्गानाले भन्नुभयो, “यस्तै अवरोध र असहज अवस्था कायमै रहने हो भने जनताको सपना लिएर निर्वाचित भएका जनप्रतिनिधि एकैपटक आन्दोलनमा आउनुको विकल्प देख्दिनँ ।”

मधेस प्रदेशको विकासका लागि सम्भावित योजना, लगानीको नवीन क्षेत्र, आयोजना छनोटको विधि, ऋण लगानी र असुलीका कानुनी व्यवस्थालगायतका विषयमा कोषले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मधेस प्रदेशका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक लगायतको सहभागिता थियो ।

एकदिने यस कार्यशालामा पूर्वसचिव कृष्णहरि बास्कोटा, कार्यकारी निर्देशक सापकोटा, कोषका उपप्रबन्धक राजेशकुमार भोछिभोया, देवान राई, सूर्यबहादुर कार्की र सुवासराज पन्तले प्राविधिक विषयमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ट्राफिक सप्ताह–२०८२ :  ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

  • अन्तर्वार्ताः  तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

    अन्तर्वार्ताः तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

  • भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

    भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

  • अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

    अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २९ गते मंगलबार

    २०८२ पुस २९ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ट्राफिक सप्ताह–२०८२ :  ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    अन्तर्वार्ताः  तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

    अन्तर्वार्ताः तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

    भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

    भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

    अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

    अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution