Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ५, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा

प्रत्यूष ८२४ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २, बिहिबार (२ साल अघि)
खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा

नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्नुभएको हो।

लिगको अन्तिम खेल आज नेपाल र युनाइटेड अरब इमिरेट्सबीच भइरहेको छ । उहाँले नेपाली खेलाडीलाई विजयको शुभकामना समेत दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कीर्तिपुर मैदानमा आजको खेल हेर्न ठूलो सङ्ख्यामा नेपाली दर्शक पुगेका छन् । अनुहारमा नेपाली झण्डाको रङ्ग पोतेका र नेपाली झण्डा बोकेका दर्शकले नेपाली खेलाडीलाई हौसला प्रदान गरिरहेका छन् ।

यसैगरी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति कीर्तिपुर मैदानमा रहेको थियो । यसैबीच पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नेपाली खेलाडीलाई जितको शुभकामना दिनुभएको छ । “हामी आशावादी छौँ, हाम्रो टीम उच्च मनोबलका साथ खेल्नेछ र नेपालको क्रिकेट इतिहासमा सफलताको नयाँ इतिहास रच्नेछ । विजयीको शुभकामना टीम नेपाल”, उहाँले भन्नुभएको छ ।

साथै, पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले पनि शुभकामना दिनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा उहाँले भन्नुभएको छ, “मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टीमलाई शुभकामना । राष्ट्र तपाईंहरुको साथमा छ । म तपाईंहरुको साथमा छु ।”

यूएईका कप्तानले बनाए अर्धशतक

आईसिसी विश्व कप क्रिकेट लिग(२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा युएईका कप्तान मोहम्मद वसीमले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको युएईका लागि वसीमले ४३ बलमा ६३ रन बनाएर मैदान बहिरिए । उनलाई नेपालका सन्दीप लामिछानेले आउट गराएका हुन् ।

त्यसअघि नेपालका ललितनारायण राजवंशीले तेस्रो ओभरको पाँचौँ बलमा युएईका आर्यन लाक्रालाई ६ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । यो समाचार तयार गर्दासम्म यूएईले २२ ओभरमा २ विकेट गुमाएर ११८ रन बनाएको छ ।

आजको खेलमा नेपालले युएईलाई पराजित गरे नेपाल आगामी जुनरजुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

    निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

  • राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

    राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

  • सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

    सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

  • जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

    जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

    निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

    राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

    राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

    सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

    सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

    जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

    जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution