Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

युएईमाथि नेपालको सानदार जित

प्रत्यूष १११० पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २८, आईतबार (३ साल अघि)
युएईमाथि नेपालको सानदार जित

उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले युएईमाथि सानदार जित निकाल्दै ओडिआई मान्यता कायम राख्न सफल भएको छ । यो मान्यता आगामी चार वर्षको लागि कायम रहनेछ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईमाथि रनको फराकिलो जित निकालेको हो । नेपालले दिएको २४९ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको युएईले २२.३ ओभरमा १० विकेट गुमाउँदै ७१ रन मात्रै बनायो ।

युएईका लागि आयान अफजल खानले २९ रनको योगदान गरे । उनले ३३ बलमा २ चौका र २ छक्का प्रहार गरे । अन्य पाँच खेलाडीले दोहोरो रन जोड्न सकेनन् । ओपनर वृत्य अरविन्द र आर्यन लाक्रा शून्य रनमै आउट हुँदा आसिफ खानले ६ रन, मोहम्मद वसीमले १ रन, रोहन मुस्तफाले ६ रन, जवर फरीदले २ रन जोडे ।

यस्तै, विकेटकिपर अश्वन्त वल्थापाले १४ रन, पलानियापन मयप्पनले ११ रन, जहूर खानले रन र जुनैद सिद्दिकीले १ रन बनाए । नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपाललाई पहिलो ओभरको पाँचौ बलमा पहिलो सफलता दिलाएका ललित राजवंशीले ५ विकेट लिए । सन्दीप लामिछानेले दुई विकेट लिँदा गुल्सान झा, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीको नाममा एकरएक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले ४९।२ ओभरमा १० विकेट गुमाएर २४८ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ बलमा ९ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिए । रोहितले ८३ बलमा ७ चौकासहित ओडिआई करिअरको आठौं अर्धशतक पूरा गरेका थिए । योसँगै रोहित नेपालबाट ओडिआई सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् ।

२२ रन बनाउँदा ३ विकेट गुमाएर संकटमा रहेको नेपाललाई मध्यकम्रका ब्याटरले उद्धार गरे । नेपाललाई चौथो विकेटका लागि भीम सार्की र रोहित पौडेलले ५४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । भीम सार्की ३७ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए ।

७६–४ को अवस्थामा पुगेको नेपाललाई आरिफ शेख र रोहित पौडेलले ८६ रनको साझेदारी गरेका थिए । आरिफ शेख ५२ बलमा ५ चौकासहित ४३ रनमा क्याच आउट भए ।यस्तै, दीपेन्द्र सिंह ऐरिले १९ बलमा ३४ रन बनाए । गुलसन झाले ३२ बलमा ३७ रन बनाए । उनले ३ छक्का र १ चौका प्रहार गरे ।

युएईका लागि जाहोर फरीद, रोहन मुस्तफा र अयान खन्लेले २र२ तथा आर्यन लाक्रा र जुनैद सिद्दिकीले १र१ विकेट लिए । जितसँगै नेपालले ३४ खेलमा १७ जित र १५ हारसहित ३६ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

  • तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

    तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

  • Post Thumbnail

    झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

  • Post Thumbnail

    दुई अर्ब बढीको क्रिप्टो कारोबारी पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

    तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

    Post Thumbnail

    झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution