देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आजदेखि पुनःनियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले गएको पुस ६ गतेदेखि खराब मौसमका कारण भन्दै उडान स्थगित गरेको थियो ।
कुवेतबाट आज बिहान ६६ जना यात्रु लिएर ७ बजेर १५ मिनेटमा अवतरण गरेको जजिरा एअरको विमानले आजै बिहान त्यहाँबाट ८ बजेर १५ मिनेटमा ९९ यात्रु लिएर उडेको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब आकाश खुल्न थालेकाले भैरहवा उडान सहज भएको र जजिराले अब हप्तामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार नियमित उडान गर्नेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा सञ्चालन गरिएको भैरहवाको गौतमबुद्ध विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता रहेको क्यानले जनाइएको छ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |