Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कालीगण्डकी करिडोर : मालढुङ्गा–कोरला सडक अन्तिम चरणमा

प्रत्यूष ५०३ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २५, बिहिबार (२ साल अघि)
Post Thumbnail

राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको मालढुङ्गा–कोरला खण्डको काम जारी रहेको छ । हालसम्म लक्षित कार्यक्रममध्ये कतिपय सकिएको र निर्माणाधीन ठेक्कामा पनि प्रगति अपेक्षाअनुसार पाइएको हो ।

मालढुङ्गाबाट बेनी हुँदै कोरला खण्डमा मालढुङ्गाबाट २०२ किलोमिटरममध्ये एक सय किमीमा कालोपत्रको ठेक्का भएको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरोला सडक योजनाले जनाएको छ । आव २०७३/७४ जेठमा ७० किमी सडक कालोपत्रका लागि ठेक्का भएकामा ३० किमी कालोपत्र भइसकेको छ ।

गत आवमा २६ किमी सडक कालोपत्र गर्ने गरी ठेक्का भएको योजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष ठेक्का लगाएको दुई ठेक्कामा पनि काम भइरहेको छ ।”मालढुङ्गा–कोरला सडकमा जोमसोम –कोरलासम्मको सडकमा कालोपत्र नगरेर ग्राभेल गर्ने सडक विभागको योजना रहेको छ । यसमा थोरै बाहेक अधिकांस काम सकिएको प्रमुख उहाँले बताउनुभयो ।

स्थामनीयवासी बाहेक बाहिरबाट आउने अधिकांश पर्यटकको गन्तव्य मुक्तिनाथ रहेकामा त्यहाँको सडकमा ३० किमी कालोपत्र भइसकेको योजनाले जनाएको छ । मुक्तिनाथभन्दा माथिल्लो खण्डमा ५० प्रतिशत खण्ड जोमसोम–कोरला खण्ड रहेको छ । उहाँले भन्नुभयो, “जोमसोम कोरलामा अहिलेसम्मको लक्ष्यका आधारमा ९५ प्रतिशत प्रगति रहेको छ ।”

मुक्तिनाथसम्मको खण्डमा हेर्दा म्याग्दी खण्डमा अहिलेसम्म झण्डै छ किमी मात्रै कालोपत्र सकिएको छ । मुस्ताङ खण्डमा कालोपत्र गर्ने लक्ष्य लिइएको खण्डमा काम भइसकेको उहाँले जानकारी दिनुभयो ।

जोमसोम–कोरला खण्डमा अहिलेको लक्ष्य ग्राभेल मात्रै भएकाले सम्पन्न भइसकेको र आगामी दिनमा कालोपत्रको योजना बनाएमा नयाँ ठेक्काबाट गरिने प्रमुख प्रजापतिले बताउनुभयो । माथिल्लो खण्डमा पानी नपर्ने हुँदा ग्राभेलले नै काम गरिरहेको उहाँको भनाइ छ ।

म्याग्दी खण्डमा यो असारसम्ममा प्रगति हुने देखिएको प्रमुख प्रजापतिले बताउनुभयो । यसअघि संरचनाका काम भइरहेकाले प्रगति कम देखिएको भए पनि अब कालोपत्रको काम गर्दा प्रगित देखिने उहाँले बताउनुभयो । योजनाले ठाउँठाउँमा पानी पर्ने र माथिबाट खोलाजस्तै बग्ने ठाउँमा ढलानको काम सुरु गरेको छ ।

सडक कालोपत्र गर्ने भनिएको खण्डमा कालोपत्रका लागि सबै खण्ड ठेक्कामा गइसकेको योजनाले जनाएको छ । एक सय किमी कालोपत्र र एक सय दुई किमीको ग्राभेल गर्ने योजनाअनुसार अहिलेसम्म लक्ष्यअनुसार काम गर्न ठेक्का सम्झौता भइसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्राभेल गर्ने खण्डमा एउटा खण्डमा थोरै काम मात्रै बाँकी छ ।” पहिलेभन्दा थप भएका काम भने ठेक्कामार्फत अघि बढाउँदै जाने प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

भीरकाटेमा सुरुङ निर्माणका लागि अध्ययन भइरहेकामा त्यो सकिएपछि ठेक्का लगाइने योजना रहेको छ । म्याग्दी खण्डमा पहिलेको अध्ययनमा नदेखिएका ठूलाठूला पहिरो विकास भएकाले त्यहाँ पनि थप काम गर्नुपर्ने आवश्यक देखिएको छ । विसं २०७७ असोजमा काभ्रेमा ठूलो बाढी आएको थियो भने रुप्से र त्यसभन्दा माथिल्लो भागमा सडक नै नहरने गरी पहिरोसहितको बाढी आएको थियो । उहाँले भन्नुभयो, “ठाउँठाउँमा पहिरो भएकाले त्यसको अध्ययन भइरहेको छ ।”

हाल सडकको पाँच ठेक्का र पुलका आठ ठेक्का सञ्चालनमा रहेको योजनाले जनाएको छ । आव २०७३÷७४ को तीन वटा ठेक्का सञ्चालनमा रहेका छन् । नयाँ दुई ठेक्कामा पनि काम अघि बढिरहेको छ । आठ पुलको ठेक्का सञ्चालनमा रहेकामा सबैको प्रगति ६० प्रतिशत माथि रहेको योजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution