Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

स्ववियु निर्वाचनको तयारीमा विद्यार्थी सङ्गठन

प्रत्यूष ३६५ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २१, आईतबार (२ साल अघि)
स्ववियु निर्वाचनको तयारीमा विद्यार्थी सङ्गठन

आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनका लागि चितवनका विद्यार्थी सङ्गठनले दल दर्तासँगै आफ्नो तयारी तीव्र पारेका छन् । त्रिभूवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीसँगै दल दर्ता गराएसँगै उनीहरु तयारीमा जुटेका हुन् ।

नेपाल विद्यार्थी सङ्घ चितवनका अध्यक्ष राजेश भुसालले स्ववियु निर्वाचन हुने जिल्लाका सबै क्याम्पसमा दल दर्ताको काम भइरहेको बताउनुभयो । निर्वाचनको तयारीस्वरुप सबै विद्यार्थी सङ्गठनले दल दर्ता गराइरहेका छन् । नेपाल विद्यार्थी सङ्घ जिल्लाले सबै क्याम्पसमा निर्वाचनको तयारीमा जुटेको उहाँको भनाइ छ ।

भुसालले भन्नुभयो, “एक दुई क्याम्पसमा निर्वाचन आयोग गठनको प्रक्रियामा रहेकाले केही समय लागेको छ । अन्य क्याम्पसमा दल दर्ताको काम भइरहेको छ ।” नेपाल विद्यार्थी सङ्घले आफ्ना गरेका कामका बारेमा जानकारी गराउँदै विद्यार्थीमाझ गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठन र विद्यार्थीको सक्रियता बढेको छ ।” विद्यार्थी सङ्गठनबीच तालमेलका लागि केन्द्रमा प्रयास भइरहेको उल्लेख गर्दै उहाँले अहिले जिल्लामा सङ्गठन आआफ्नो तयारीमा लागेको जानकारी दिनुभयो । केन्द्रबाट निर्णय आएसँगै जिल्लामा पनि तालमेल हुने उहाँको भनाइ छ ।

नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० पनि दल दर्तासँगै निर्वाचनका लागि सक्रिय बनेको छ । आफ्ना गतिविधिलाई विद्यार्थी माझ पु¥याउँदै सक्रियता बढाएको अध्यक्ष प्रकाश कालाखेतीले जानकारी दिनुभयो ।

जिल्लामा स्ववियु निर्वाचन हुने १३ वटै क्याम्पसमा अखिलका विद्यार्थीको सक्रियता पहिलेको तुलनामा अहिले बढ्दै गएको उहाँको भनाइ छ । कालाखेतीले भन्नुभयो, “क्याम्पस क्याम्पसमा दल दर्तासँगै निर्वाचनका विषयमा छलफल र बहस भइरहेको छ ।” छलफलबाट उम्मेदवारको टुङ्गो लगाउन क्याम्पसमा रहेको आफ्नो सङ्गठनलाई निर्देशन गरिएको उहाँले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीका जिल्ला इञ्चार्ज अविनाश रम्तेलले सबै सङ्गठन निर्वाचनका लागि दल दर्तामा व्यस्त भएको बताउनुभयो । निर्वाचनको मिति नजिकिँदै जाँदा सङ्घसङ्गठनले आफ्ना कार्यक्रम विद्यार्थीमाझ केन्द्रित गर्दै लगेको उहाँको भनाइ छ ।

सुरुआती समयमा २०६५ सालको स्ववियु निर्वाचनमा जस्तो विद्यार्थीमा उत्साह नदेखिएको भए पनि अहिले विस्तारै निर्वाचन केन्द्रित माहोल बन्दै गएको उहाँले बताउनुभयो । हरेक क्याम्पसमा आफ्ना गतिविधिलाई विद्यार्थीमाझ लैजाने काम भइरहेको छ। रम्तेलले भन्नुभयो । गठबन्धनको कुरा केन्द्रमा चलिरहेको उल्लेख गर्दै उहाँले केन्द्रको निर्देशनअनुसार आफूहरु अघि बढ्ने बताउनुभयो ।

त्रिभूवन विश्वविद्यालयले जारी गरेको निर्वाचन तालिका अनुसार यही फागुन १९ गते सङ्घ, सङ्गठन दर्ता, २१ गते मतदाता सूची प्रकाशित, २५ गते मतदाता सूचीउपर दाबी विरोध र अन्तिम नामावली प्रकाशन, २६ गते प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयन पत्र वितरण, फागुन २७ गते प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको नामावली दाखिला, प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

यस्तै फागुन २८ गते उम्मेदवारको नामावली उपर दाबी विरोध, दाबी विरोध उपर छानविन गरी उम्मेदवारको नामावली प्रकाशन, २९ गते नाम फिर्ता लिने, र अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको छ । आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने कार्यतालिका तय भएको छ । सामुदायिक क्याम्पसमा भने दल दर्ताको काम आज जारी छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

    वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

  • सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

    सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

  • सुनचाँदीको मूल्य बढेकोबढ्यै

    सुनचाँदीको मूल्य बढेकोबढ्यै

  • क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

    क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २ गते बुधबार

    २०८२ पुस २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

    वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

    सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

    सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

    सुनचाँदीको मूल्य बढेकोबढ्यै

    सुनचाँदीको मूल्य बढेकोबढ्यै

    क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

    क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution