Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

थानकोट–चित्लाङ सडकमा यातायात सञ्चालन

२७७ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन १८, बिहिबार (२ साल अघि)
Post Thumbnail

थानकोट–चित्लाङ सडकखण्डमा आजदेखि यातायातका साधन सञ्चालनमा आएका छन् । कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती र भट्टेडाँडामा सडकको मर्मतका कारण केही दिन यातायात बन्द गर्नुपरेको थियो ।

काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आउने दक्षिणकाली हुँदै सिस्नेरीतर्फको सडकमा आज बिहानैदेखि यातायातका साधन सञ्चालनमा आएका जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यसअघि काठमाडौँबाट कान्तिलोपथ हुँदै हेटौँडातर्फको यातायात सञ्चालनमा ल्याइएको थियो ।

भीमफेदी–कुलेखानी सडक मर्मतका लागि करिब डेढ महिना अघिदेखि कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी सडकखण्डलाई मर्मत गर्न हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी साधनलाई चित्लाङ–थानकोट सडक भएर सञ्चालन गरिँदै आएको मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेले बताउनुभयो ।

केही दिनअघि यातायात व्यवस्था कार्यालय काठमाडौँ एवं निर्माण व्यवसायी र सरोकारसँग सम्बन्धित निकाय र स्थानीय प्रशासनको संयुक्त बैठकको निर्णयअनुसार, कार्यान्वयन गर्न कान्तिलोकपथको यातायात बन्द गरी थानकोट–चित्लाङको बाटो सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आउने हल्का सवारीसाधनलाई थानकोट–चित्लाङको सडकमार्गबाट आजदेखि आगामी चैत १० गतेसम्म सञ्चालनमा ल्याउने र हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सवारी साधनलाई चैत्र १० गतेसम्मलाई सञ्चालनमा निरन्तरता दिइने छ ।

काठमाडौँबाट हेटौँडा र हेटौँडाबाट काठमाडौँतर्फ जाने करिब दुई हजार हल्का सवारीसाधन दैनिक सञ्चालन हुने गरेको नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष हीरालाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

  • आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

  • कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

  • म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

    म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

    म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution