Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘सेवाग्राहीका अनुहारमा सन्तुष्टि देखिने काम गरौँ’

प्रत्यूष ६१२ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन १६, मंगलबार (२ साल अघि)
‘सेवाग्राहीका अनुहारमा सन्तुष्टि देखिने काम गरौँ’

भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मध्यस्थकर्ताको नभई सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न भूमि प्रशासकलाई निर्देशन दिएको छ । भूमि प्रशासन जनतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले भूमि प्रशासनको सेवालाई जनमुखी र गुनासोरहित बनाउन पछिल्लो समय मन्त्रालयले सुशासनका लागि विभिन्न प्रयासहरू गर्दै आएको छ ।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीले कार्यालयमा पेस हुन आएका हरेक काममा मध्यस्थको होइन सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न मातहतका कार्यालय प्रमुखलाई सुझाव दिएको बताउनुभयो ।

सचिवसँग कार्यालय प्रमुख कार्यक्रममा उहाँले नापी र मालपोत कार्यालयका प्रमुखलाई भूमि प्रशासक, राजस्व प्रशासक, अभिलेख व्यवस्थापक र सेवा प्रदायकको भूमिकामा रही सार्वजनिक प्रशासन र शासन प्रणालीको साख अभिवृद्धि गर्ने कार्यमा सकारात्मक योगदान दिन आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “भूमि प्रशासनको सेवा हरेक जनतासँग कुनै न कुनैरूपमा जोडिएको हुँदा हामीले सेवाग्राहीले असहज र कठिनाइ महसुस नगर्ने गरी सेवा प्रवाह गर्नपर्छ ।” लेखापढी व्यवसायीहरूले लिने शुल्कलाई पारदर्शी बनाई सेवाग्राहीले तोकिएको भन्दा बढी रकम तिर्न नपर्ने गरी टाइमकार्ड अनुरुपको सेवा प्रदान सल्लाह दिँदै उहाँले सेवाग्राहीहरूको बढी भीड हुने कार्यालयले टाइमकार्ड अनुरुपको सेवा दिन प्रमुखको थप तदारुकताको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले कार्यालय प्रमुखलाई गुनासो पेटिका, गुनासो एकाइ, समाचार माध्यम, मन्त्रालयको सुशासन एकाइ र विभिन्न निकायमा आउने गुनासो तत्काल सम्बोधन गर्न तथा उजुरीको तत्काल फछ्र्योट गर्ने व्यवस्था मिलाउन सुझाव दिनुभयो ।

मन्त्रालयले विभागीय र कार्यालय प्रमुखले मातहतका शाखाको नियमित अनुगमन गर्न र पाइएका कैफियतहरूको सुधार गरी मन्त्रालयमा प्रगति पठाउन उक्त यसअघि नै निर्देशन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

  • पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

    पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

  • दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षणः धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

    दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षणः धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

  • कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

    कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १३ गते मंगलबार

    २०८२ माघ १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

    पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

    दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षणः धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

    दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षणः धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

    कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

    कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution