Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ९, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘अफ्रिकन स्वाइन फिवर’ले बङ्गुर मरे

प्रत्यूष ३०० पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन १५, सोमबार (२ साल अघि)
‘अफ्रिकन स्वाइन फिवर’ले बङ्गुर मरे

चितवन, १५ फागुन ।
‘अफ्रिकन स्वाइन फिवर’का कारण जिल्लाका १२ खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बङ्गुर मरेका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार भरतपुर –३ मा तीन , रत्ननगरमा चार , इच्छाकामनामा तीन र खैरहनीमा दुई फार्ममा रहेका बङ्गुरमा फिवर फैलिएपछि पूर्णरुपमा खोर खाली भएको हो । यस रोगका कारण जिल्लामा दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । ती मध्ये वयस्क एक हजार नौ सय १६ वटा र नौ सय ५७ पाठापाठी रहेको उहाँले जानकारी दिनुभयो ।

रु छ करोड २२ लाख ६५ हजार बराबरको क्षति भएको कार्यालयले जनाएको छ । यो रोग गत साउन महिनाबाट जिल्लामा देखिएको हो । अफ्रिकन स्वाइन फिवर घरपालुवा सुँगुर, बँदेल, बङ्गुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको अति खतरनाक सरुवा रोग हो । यो रोग नेपालमा पहिलो पटक विसं २०७९ जेठ २ गते पुष्टि भएको थियो ।

रोग सङ्क्रमित सुँगुर बङ्गुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बङ्गुरको ¥याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमित खोरमा काम गर्ने कामदार र सङ्क्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ताचप्पल आदि प्रयोग गर्दा सर्नसक्ने सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

यो रोग लागेका बङ्गुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डाम देखा पर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिँज निकाल्ने, रोग सङ्क्रमित सुँगुर बङ्गुरलाई उच्च ज्वरो ९१०४ देखि १०७ डिग्री फरेनहाइट० आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, बच्चा तुहिनेजस्ता लक्षण देखा पर्ने केन्द्रले जनाएको छ ।

यस रोगबाट बच्न बङ्गुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बङ्गुरको खोरमा अनावश्यक मानिसको आवतजावत रोक्ने, बङ्गुर फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्नेजस्ता उपाय अपनाउनुपर्ने कार्यालयले जनाएको छ । बाहिरको बथानबाट नयाँ बङ्गुर ल्याएमा सिधै फार्ममा रहेका बङ्गुरसँग नमिसाई २१ दिन क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने गर्नुपर्दछ ।

बङ्गुरको खोर फार्म र फार्म वरिपरि नियमित सरसफाइ गरी चुना, फिनेल, फार्मालिन, ब्लिचिङ पाउडर आदिले निःसङ्क्रमण गर्ने, रोग लागेका बङ्गुरलाई बथानबाट छुट्याएर अलग राख्नेजस्ता कार्य गर्दा क्षति कम हुने सूचना अधिकारी न्यौपानेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

  • बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

    बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

  • माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

  • एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ८ गते बिहिबार

    २०८२ माघ ८ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

    बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution