Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हिउँदे पानी नपर्दा खाद्यान्नबाली प्रभावित

प्रत्यूष ४०४ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २, मंगलबार (२ साल अघि)
हिउँदे पानी नपर्दा खाद्यान्नबाली प्रभावित

उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता हिउँदेबालीको बोट भुइँमा विलिन हुन थालेका छन् ।

उच्च हिमाली पाखामा चार–पाँच फिटसम्म हिउँले पहाड छोप्ने गर्दथ्यो भने यस वर्ष अहिलेसम्म गोसाइँकुण्डलगायत स्थानमा हिमपात नभएको किसानले जनाएका छन् ।

जिल्लामा नौ हजार हेक्टरभन्दा बढी हिमशृङ्खलाको पहाड रहेको छन् । डिभिजन वन प्रमुख अनिल रेग्मीले हिमपात तथा वर्षा नहुँदा वन वनस्पतिलाई चाहिने चिसोपन हट्नुका साथै वन्यजन्तुलाई जङ्गलका बीच भागमा खानेपानीको समस्या पर्ने सम्भावना बढेकोे जानकारी दिनुभयो ।

उहाँले हिउँदे वर्षाको कमीले ठाउँ–ठाउँका खोल्सा सुक्न थालेपछि हिमाली वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जसंग मिलेर जङ्गलका बीच भागमा पोखरी बनाउने कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।

विसं २०४९ मा भएको हिमपातको स्मरण गर्दै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले भन्नुभयो, “त्यो साल नौ दिनसम्म हिउँ प¥यो, हिउँ झण्डै त्रिशूली नदी नजिकै पुगेको थियो । ठाडेबाट धुञ्चेसम्म नौ किमी सडक हिमपातले अवरूद्व हुँदा खाद्यान्नसमेतको सङ्कट पर्न गई लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तत्कालीन समय तैनाथ नेपाली सेना दि फेमस महिन्द्र दलगणले हिउँको डल्ला फुटाली यातायात सञ्चालन गराएको थियो ।”

विसं २०६३ तिर पनि हिमपातले ठाडे–बोकेझुण्ड खण्डको सडक पाँच दिनसम्म बन्द हुँदा सेनाकै सहयोगमा हिउँ पन्छाई यातायात सञ्चालन गरिएको बताइन्छ । समुद्र सतहबाट एक हजार सात सय मिटर क्षेत्रसम्म पर्ने हिउँ अहिले क्रमिकरूपले हिमरेखामाथि सर्दै गएको र यस वर्षमा हिमपात नहुँदा लाङ्टाङ्को चुचुरोसमेत कालो देखिँदै गएको स्थानीय बासिन्दाले जनाएका छन् ।

गोसाइँकुण्डभन्दा माथिका डाँडामा समेत हिउँ नभएको जनाउँदै अल्टिच्युट एयरका वरिष्ठ चालक विवेक खड्काले गत वर्षको जस्तो यस वर्ष गोसाइँकुण्ड दहमा पानी नजमेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो“कुण्डमा स्नानका लागि कुनै समस्या छैन ।” उहाँका अनुसार हेलिकोप्टरबाट स्नानका लागि फाट्टफुट्ट भक्तजन सो स्थानमा गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  • आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ११ गते शुक्रबार

    २०८२ पुस ११ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution