Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बजेट मध्यावधी समीक्षा : आकार दुई खर्ब ४४ अर्बले घटाइयो

प्रत्यूष ४९९ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २९, आईतबार (२ साल अघि)
बजेट मध्यावधी समीक्षा : आकार दुई खर्ब ४४ अर्बले घटाइयो

काठमाडौँ, २९ माघ ।
सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ । सरकारले बजेटको आकार रू दुई खर्ब ४४ अर्ब बराबरले घटाएको हो ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिनुभएको हो । चालु आवमा कूल सरकारी खर्च रू १७ खर्ब ९३ अर्ब ८३ करोड बराबर हुने सुरुवाती अनुमान रहेकोमा त्यसलाई घटाएर रू १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ । बजेटको आधार १४ प्रतिशतले घटाइएको हो ।

चालु खर्च तर्फ रू ११ खर्ब ८३ अर्ब २३ करोड बराबर सुरुवाती विनियोजन थियो । त्यसलाई घटाएर रू १० खर्ब २१ अर्ब ९२ करोडमा झारिएको छ । जुन सुरुवाती विनियोजनको ८६ दशमलव ३७ प्रतिशत बराबर हो । त्यसैगरी पुँजीगत खर्चतर्फ रू तीन खर्ब ८० अर्ब ३८ करोड बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर रू तीन खर्ब १३ अर्ब ८५ करोडमा झारिएको छ । जुन सुरुवाती विनियोजनको ८२ दशमलव ५१ प्रतिशत बराबर हो ।

वित्तीय व्यवस्थातर्फ रू दुई खर्ब ३० अर्ब २१ करोड बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर रू दुई खर्ब १४ अर्ब २१ करोडमा झारिएको छ । जुन सुरु विनियोजनको ९३ दशमलव ०५ प्रतिशत बराबर हो ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution