Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चिकित्सकलाई आन्दोलन फिर्ता लिन मन्त्रालयको आग्रह

प्रत्यूष ३८८ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २९, आईतबार (२ साल अघि)
चिकित्सकलाई आन्दोलन फिर्ता लिन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी सङ्घलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर स्वास्थ्योपचारको नियमित काममा जुट्न सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनुरोध गर्नुभएको हो ।

उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मी थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सङ्घले माघ २९ गतेका दिन आह्वान गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएर नागरिकको स्वास्थ्योपचारको नियमित काममा जुट्नका लागि सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलगायत सम्बद्ध सबै स्वास्थ्य सङ्घसंस्थालाई अनुरोध गर्दछौँ ।”

सङ्घले यही माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंह लगायत चिकित्सक तथा स्वास्थ्यकर्मी माथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा आज देशभरि नै आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले घटनालगत्तै नेपाल प्रहरीद्वारा घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी घटनाको छानबिन गरिरहेको जनाउँदै घटनाका विषयमा थप छलफल गरी समस्या समाधान गर्नका लागि वार्ता समिति गठन गर्ने र सङ्घले उठाएका विषयलाई संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको जनाउनुभएको छ ।

मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टर अगाडि सडकमा चिकित्सकमाथि भएको कुटपिटको घटनाप्रति दुः ख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

  • रौतहटको जयनगरमा फर्निचर मेला :  उपभोक्ता र व्यवसायी आकर्षित

    रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित

  • महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

    महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

  • गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ११ गते आईतबार

    २०८२ माघ ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    रौतहटको जयनगरमा फर्निचर मेला :  उपभोक्ता र व्यवसायी आकर्षित

    रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित

    महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

    महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution