Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एक सय ५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा’

प्रत्यूष ५१२ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २४, मंगलबार (२ साल अघि)
एक सय ५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा’

चोक–चोकका चिया पसलमा होस् वा मेला महोसत्व होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो । उहाँ नेपालको मात्रै होइन विभिन्न एक सय ५० भन्दा बढी देशका राष्ट्रगान गाउनुहुन्छ ।

उहाँले हालसम्म ११ वटा देश पुगेर ती देशका राष्ट्रगान गाइसक्नुभएको छ । विश्वका सबै देशको राष्ट्रगान गाउने तयारीमा रहनुभएका उहाँ हाल ८२ देशका गान गाउने तयारीमा हुनुहुन्छ ।

जिल्लाको बागलुङ नगरपालिका–६ का ४३ वर्षीय नेपालीले राष्ट्रगान गाउँदै विश्व यात्रामा हिँडेको आठ वर्षभयो जसले उहाँलाई विश्वयात्रीका रुपमा स्थापित बनाइसकेको छ । सन् २०१५ देखि विभिन्न देशको राष्ट्रगान गाएर विश्व यात्रा थाल्नु भएका नेपाली अहिलेसम्म युरोपका विभिन्न देश, युएई, भारत गरी ११ देशको यात्रा गरिसक्नु भएको छ ।

उहाँले जुन देशमा पुग्नुहुन्छ, उही देशकै भाषमा राष्ट्र गान गाउँनुहुन्छ । पछिल्लो २५ वर्षदेखि नेपाली गीत सङ्गीतमा आबद्ध उहाँले राष्ट्रगानमार्फत् विश्वबन्धुत्वलाई थप बलियो बनाउने बताउनुभयो । नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्नका लागि आफूले विश्वका विभिन्न देशको राष्ट्रगान गाउँदै हिँडेको बताउनुभयो ।

“हाम्रो देश नेपालमा कैयन धार्मिक तथा पर्यटकीय ठाउँ छन्, अहिलेसम्म यी ठाउँमा अन्तर्राष्ट्रिय पर्यटक आउन सकेका छैनन्, उनीहरुलाई नेपाल ल्याउन, यहाँको पर्यटनलाई विश्वसँग जोड्नका लागि विश्व यात्रा थालेको हुँ”, उहाँले भन्नुभयो, “विगतमा नेपालीका लागि गाउँथे भने आज विश्वका मानिसका लागि गाइरहेको छु ।”

संसार सामू नेपाल चिनाउनका लागि आफूले विश्वयात्रा तय गरेको नेपालीको भनाइ छ । राष्ट्रगानले विश्वलाई एक ठाउँ जोड्ने हुँदा आफू यो अभियानमा लागेको उहाँले बताउनुभयो । राष्ट्रगानले आत्मियता बढाउने र भाइचाराको सम्बन्ध बढाउने उहाँको अनुभव छ ।

उहाँले विश्व यात्राका लागि विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट सहयोग जुटाउँदै आउनुभएको छ । विश्व यात्रामा लागिरहँदा तितामिठा दुवै अनुभूति रहेको उहाँ सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जसले पनि आफ्नो देशलाई माया गर्छ, त्यसले गर्दा आत्मसम्मानको अनुभूति गर्दा रहेछन, जुन देशको राष्ट्रगान हो त्यही देशको भाषामा गाउँदा उनीहरुलाई गर्व लाग्दो रहेछ त्यसले सम्बन्ध जोड्न मद्दत गर्ने रहेछ ।” यात्राका क्रममा उहाँले पैदल, गाडीदेखि जहाजसम्म जे भेटिन्छ त्यसैमा यात्रा गर्ने गर्नु भएको छ । तर सबैभन्दा पैदल यात्रामा आनन्द हुने उहाँको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

    धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

  • समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

  • धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

  • धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १३ गते मंगलबार

    २०८२ माघ १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

    धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution