Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित

प्रत्यूष ६६५ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ २३, सोमबार (२ साल अघि)
राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्र का सांसद उर्मिला अर्याल निर्वाचित हुनुभएको छ । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित भएको सभालाई जानकारी गराउनुभयो ।

सभाध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सफल कार्यकालको कामना गर्दै बधाईसमेत दिनुभयो । त्यसअघि नेकपा एमालेका सांसद देवेन्द्र दाहालले राष्ट्रियसभाका उपाध्यक्षका रुपमा अर्याल योग्य व्यक्तित्वका रुपमा रहेको बताउनुभएको थियो ।

उपाध्यक्षका लागि अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै उहाँले नेपालको कम्युनिस्ट आन्दोलनको एक सिद्धहस्त व्यक्तित्वलाई उपाध्यक्षका रुपमा पाउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा लाग्नुभएका अर्याल स्थापित महिला र सामाजिक क्षेत्रको जिम्मेवारीमा रहेर काम गर्नुभएको सफल व्यक्तित्व हुनुहुन्छ ।”

प्रस्तावका पक्षमा आफ्नो धारणा राख्दै सांसद खिमलाल देवकोटाले महिला नेत्री एवं राष्ट्रियसभाका सदस्यका रुपमा रहनुभएका सांसद अर्यालको भूमिका नेपालको महिला आन्दोलनमा प्रशंसनीय रहेको बताउनुभयो । उहाँले महिलालाई राज्यका अन्य निकायको प्रमुखमा निर्वाचित गर्नुपर्ने धारणा राख्नुभयो ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य रहनुभएका अर्याल पूर्वस्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हाली सक्नुभएको छ । विसं २०१३ असोज २० गते साविक जगरनाथपुर गाउँपालिका–५ मसिहानी, पर्सामा जन्मनुभएका अर्याल हालको ठेगाना वीरगञ्ज महानगरपालिका–२३, गण्डक चोक वीरगञ्ज हो ।

तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लाग्नुभएका अर्याल गत वर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेस प्रदेशबाट निर्वाचित हुनुभएको हो । समाजशास्त्रमा स्तातकोत्तर गर्नुभएका अर्याल विद्यावारिधिको शोधार्थी हुनुहुन्छ । अखिल नेपाल महिला सङ््घको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका अर्यालले महिला विकास अधिकृतका रुपमा पनि सेवा गर्नुभएको छ ।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । उहाँ विसं २०७८ माघ १२ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले चीन, भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान, कीर्गिस्तान, फिलिपिन्स, थाइल्याण्ड, इन्डोनेसिया, अमेरिका, फ्रान्स, स्पेन, स्वीट्जरल्याण्डलगायतका देशको भ्रमण गर्नुभएको छ ।

उहाँका महिला सशक्तीकरण तथा समावेशीकरण एवं कार्ययोजना, कम्युनिष्ट आन्दोलनमा महिलाको भूमिका सहाना प्रधानसँग संयुक्त लेखन आर्थिक विकासका विषयमा अनुसन्धानमूलक लेख विभिन्न जर्नलमा प्रकाशित छन् ।

राष्ट्रिय सहमतिको निरन्तरता ः उपप्रधानमन्त्री श्रेष्ठ

यसअघि आजको बैठकमा सांसद अर्याललाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले उपाध्यक्ष पदका लागि अरु सदस्यको उम्मेदवारी नपर्नु सरकारले पाएको राष्ट्रिय सहमतिको निरन्तरता रहेको बताउनुभयो ।

“सरकारले विश्वासको मत लिँदा राष्ट्रिय सहमतिको सन्देश दिनेगरी मत पाएकोमा अहिले त्यसकै निरन्तरताका रुपमा उपाध्यक्षमा पनि राष्ट्रिय सहमतिको वातावरण बनेको छ”, उहाँले भन्नुभयो ।

यसले अत्यन्तै राम्रो र सकारात्मक सन्देश दिएको उहाँको भनाइ थियो । मन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनपछि अहिलेको मूल कार्यभार मुलुकको अर्थतन्त्रलाई अघि बढाउनु रहेको बताउनुभयो ।

“राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै सामाजिक न्याय सहित समृद्धिको अभियानलाई तीव्र बनाउन सबै राजनीतिक दल मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँदै जानुपर्ने आवश्यकता छ र त्यसको बोध सबैतिरबाट हुँदै गएको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

    धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

  • समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

  • धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

  • धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १३ गते मंगलबार

    २०८२ माघ १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

    धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution