Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर ३, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री नबनाउने जवाफ दिएपछि रवि लामिछाने निराश

८४० पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १७, मंगलबार (२ साल अघि)
प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री नबनाउने जवाफ दिएपछि रवि लामिछाने निराश

प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालय आफ्नै दलले राख्ने जवाफ दिएपछि रास्वपाका सभापति रवि लामिछाने निराश भएका छन् । लामिछाने आज साँझ ५ बजेसम्म आफूलाई गृहमन्त्री नबनाईए सरकारबाट बाहिरिने अल्टिमेटम दिन आज बालुवाटार पुगेका थिए । तर, दाहालले लामिछानेलाई स्पष्ट रुपमा अब गृहमन्त्री बनाउन नसकिने जवाफ दिएको बालुवाटार स्रोतको दाबी छ ।

लामिछाने बालुवाटारबाट निराश बनेर फर्किएका छन् । अहिले उनी पार्टी कार्यालयमा छलफलमा जुटेका छन् । अब कसरी अघि बढ्ने रु सरकारबाट बाहिरिने कि के गर्ने भन्ने रु विषयमा उनी छलफलमा जुटेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि लामिछानेलाई पूनः गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री दाहालसमक्ष दबाब दिएका थिए । तर, दाहाल भने ओलीको दबाबको सामू पनि टसमस भएका छैनन् । उनी गृहमन्त्रालय आफ्नै दलमा राख्नेगरि अघि बढेका छन् ।

उनले पार्टीको पदाधिकारी बैठकमार्फत गृहमन्त्री नियुक्तीको निर्णय लिने तयारी गरेका छन् । हिजोबाट सुरु भएको पदाधिकारी बैठक आजपनि बस्ने भएको छ । आजको बैठकमा गृहमन्त्रालयमा पार्टीलाई कसलाई पठाउने भन्नेबारे निर्णय हुने एक नेताले जानकारी दिए । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष दाहालले हिजोको पदाधिकारी बैठकमा ने गृहमन्त्रालय अब आफ्नै दलले राख्नेबारे ब्रिफिङ गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकार गठनको बेलामा भएको सहमतिबमोजिम आफ्नै दलले गृहमन्त्रालय पाउनुपर्ने अडान लिएको छ ।

सभापति रवि लामिछानेले त आज प्रधानमन्त्री दाहाललाई भेटेर गृहमन्त्रीमा आफूलाई नै नियुक्त गर्न आज साँझ ५ बजेसम्मको अल्टिमेटम दिएका छन् । साँझ ५ बजेसम्म आफूलाई गृहमन्त्रीमा नियुक्त नगरिए सरकारबाट बाहिरिने उनको चेतावनी छ । प्रधानमन्त्री दाहालले भने रविको उक्त अल्टिमेटमलाई धम्कीको रुपमा लिएका छन् ।

उनले रविलाई आजको भेटमा पनि गृहमन्त्रालय कुनैपनि हालतमा दिन नसकिने स्पष्ट जवाफ दिएका छन् । दाहाल लामिछानेको पासपोर्टसम्बन्धी विवाद कायमै रहेकोले उक्त विवाद हल नभएसम्म गृहमन्त्रालयको नेतृत्व सुम्पन नसक्ने अडानमा छन् । माओवादीनिकट उच्च स्रोतका अनुसार दाहालले आजकै पदाधिकारी बैठकमार्फत पार्टीबाट कसलाई गृहमन्त्री बनाउनेबारे निर्णय लिने तयारी गरेका छन् । एक नेताले भने–‘आजको पदाधिकारी बैठकले गृहमन्त्री नियुक्तीबारे निर्णय लिन्छ । प्रधानमन्त्रीज्यू एक्शनमा उत्रिनुभएको छ । आजै उहाँले केही निर्णय लिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

    डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

  • नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

    बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

  • तेम्बा बजारमा आगलागी हुँदा एक करोड १८ लाखभन्दा बढी क्षति

    तेम्बा बजारमा आगलागी हुँदा एक करोड १८ लाखभन्दा बढी क्षति

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक २७ गते बिहिबार

    २०८२ कात्तिक २७ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

    डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

    बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

    बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

    तेम्बा बजारमा आगलागी हुँदा एक करोड १८ लाखभन्दा बढी क्षति

    तेम्बा बजारमा आगलागी हुँदा एक करोड १८ लाखभन्दा बढी क्षति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution