Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर ७, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री

प्रत्यूष ५६२ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १७, मंगलबार (२ साल अघि)
समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्ने बताउनुभएको छ । नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राख्न सके राष्ट्रको कार्यभार पूरा गर्न सकिने बताउनुभयो ।

उहाँले यस कार्यको नेतृत्वकारी भूमिका सरकारी सञ्चारमाध्यमले नै खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो । वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधार निर्माणका साथै कानूनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

उहाँले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवद्र्धन र हितका निम्ति सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि सरकारले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रूपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने नीति अगाडि सारिएको प्रधानमन्त्रीको भनाइ छ । आजको युग विज्ञान प्रविधिको युग भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस युगलाई हामीले ‘डिजिटल इरा’का रूपमा संश्लेषण गर्न सकिने धारणा राख्नुभयो ।

प्रधानमन्त्रीले चौथो औद्योगिक क्रान्तिले सम्पूर्ण विश्व एवं मानव जातिको चिन्तन, जीवन र क्रियाकलापमा गुणात्मक बदलाव ल्याइदिएको उल्लेख गर्दै भन्नुभयो, “विश्वमा यस्तो कुनै क्षेत्र, विषय र मुद्दा छैन, जुन सूचना–प्रविधिको पहुँचभन्दा पृथक होस् । डिजिटल प्रविधिको विकासले सामाजिक उत्पादन पद्धतिमा नै गुणात्मक परिवर्तन ल्याइदिएको छ ।”

सञ्चारकर्मीको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ छ । पत्रकार र सबै प्रकारका सञ्चार माध्यमको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्दै सम्पूर्ण पत्रकारको स्वास्थ्य, दुर्घटना तथा हूलदङ्गा वा आतङ्कको बीमाको व्यवस्था गर्ने प्रधानमन्त्रीको भनाइ छ ।

श्रमजीवी पत्रकारका लागि निर्मित कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गर्ने एवम् त्यसका निम्ति सञ्चारमाध्यम र सञ्चार क्षेत्रमा क्रियाशील सबैलाई सकारात्मक र रचनात्मक सहयोग गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिका तीन प्राथमिकता निर्धारण गरी अगाडि बढिरहेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा एवं प्रगतिशील कार्यान्वयन, चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको सुधार एवं जनसेवा र जनजीविकाका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन वर्तमान सरकारको प्रमुख कार्यभार रहेको छ ।”

सरकारको सो कार्यभारलाई गम्भीरतापूर्वक ग्रहण गर्न, आम श्रोता र दर्शकसम्म व्यवस्थित रूपमा सम्प्रेषण गर्न उहाँले नेपाल टेलिभिजनको ध्यान आकृष्ट गर्नुभयो । प्रधानमन्त्रीले नेपालको सबैभन्दा जेठो टेलिभिजन नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवको उपलक्ष्यमा टेलिभिजन परिवारका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रोता एवं दर्शक महानुभावहरू, विज्ञापनदाता, परामर्शदाता एवं आम जनसमुदायमा आभार प्रकट गर्नुभयो ।

अठ्तीस वर्षअघि २०४२ सालमा आजकै दिन स्थापित नेपाल टेलिभिजनले आफ्नो प्रसारणका विभिन्न आरोह–अवरोह पार गर्दै देशको सबैभन्दा अग्रणी टेलिभिजनका रूपमा स्थापित भएको छ । प्रधानमन्त्रीले नेपाल टेलिभिजन नेपाल सरकार र नेपाली जनताको आधिकारिक सूचना र समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यम भएकाले राज्यप्रतिको जिम्मेवारी र नागरिकप्रतिको जवाफदेहितामा आफूलाई अविचलित रूपमा प्रमाणित गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “राजनीतिक प्रणाली र राज्यको चरित्रमा आएको परिवर्तनअनुरूप टेलिभिजनले पनि आफूलाई परिमार्जन र रूपान्तरण गर्दै अगाडि बढेको तथ्यले टेलिभिजनको भूमिका र महत्वलाई थप प्रमाणित गर्दछ ।”

यस वर्षदेखि विभिन्न सात भाषामा समाचार प्रसारणको आरम्भ हुनु थप महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्रीले टेलिभिजनले आम नागरिक र दर्शकको अपेक्षाअनुसार थप जिम्मेवार र व्यावसायिक बन्नुपर्ने चुनौती रहेको बताउनुभयो । सो चुनौतीलाई अवसरमा बदल्न आफ्नो सम्पूर्ण ज्ञान, बुद्धि र विवेक संस्थाको हितमा खर्चिन पनि प्रधानमन्त्रीले टेलिभिजनलाई आग्रह गर्नुभयो ।

प्रादेशिक च्यानल विस्तारको कार्यलाई टेलिभिजनले थप उचाइका साथ आवश्यकता र प्राथमिकताका आधारमा निरन्तरता दिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “काठमाडौँबाट प्रसारण हुने टेलिभिजनले सबै वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायको इतिहास, भाषा, संस्कृति र आवाज मुखरित गरेको छ । यसरी हेर्दा देशका सबै वर्ग र समुदायले नेपाल टेलिभिजनभित्र आफ्नो अनुहार देख्न सक्छन्, अपनत्वभावको अनुभूति गर्न सक्छन् भन्ने तथ्य स्थापित भएको छ ।”

नेपाली भाषा, कला, संस्कृति र पहिचान विश्वव्यापी रूपमा स्थापित गर्न सफल भएकामा प्रधानमन्त्रीले नेपाल टेलिभिजनलाई आभार व्यक्त गर्नुभयो । उहाँले टेलिभिजनले आगामी दिनमा व्यावसायिक दक्षतामा अभिवृद्धि गर्दै थप अत्याधुनिक, द्रूत र व्यवस्थित सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाहले सूचना र सञ्चार क्षेत्रमा भएको परिवर्तनलाई आत्मसात् गर्दै संस्थाले व्यावसायिक दक्षता र सीपको विकासमा जोड दिइएको बताउनुभयो । महाप्रबन्धक फुलमान बलले प्रधानमन्त्रीको चाहनाअनुसार नै नेपाल टेलिभिजनले विभिन्न भाषाभाषीमा समाचार प्रसारण सुरु गरेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङको नेत्रावतीमा उत्कृष्ट शिक्षक सम्मानित

    धादिङको नेत्रावतीमा उत्कृष्ट शिक्षक सम्मानित

  • खानेपानी र सरसफाइको क्षेत्रमा साझेदारसँग छलफल

    खानेपानी र सरसफाइको क्षेत्रमा साझेदारसँग छलफल

  • वाग्मती करिडोलाई  सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

    वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

  • ‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’

    ‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर ४ गते बिहिबार

    २०८२ मंसिर ४ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङको नेत्रावतीमा उत्कृष्ट शिक्षक सम्मानित

    धादिङको नेत्रावतीमा उत्कृष्ट शिक्षक सम्मानित

    खानेपानी र सरसफाइको क्षेत्रमा साझेदारसँग छलफल

    खानेपानी र सरसफाइको क्षेत्रमा साझेदारसँग छलफल

    वाग्मती करिडोलाई  सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

    वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

    ‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’

    ‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution