Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

प्रत्यूष ४१७ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १४, शनिबार (३ साल अघि)
पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

पत्रकार दामोदर न्यौपानेको नवौँ कृति ‘घरको शिक्षा’ लोकार्पण गरिएको छ । शिखा प्रकाशनद्वारा प्रकाशित कृति आज  आयोजित समारोहमा प्राडा विद्यानाथ कोइराला, मनोपरामर्शदाता विजय ज्ञवाली, शिक्षक सङ्घका महासचिव लक्ष्मी किशोर सुवेदी लगायतले विमोचन गर्नुभएको हो ।

स्रष्टाले पुस्तकमार्फत् बालबालिकालाई असलसँगै खुसी रहन प्रेरित गर्ने बालक र अभिभावको हृदय बुझ्ने मनोविज्ञान सम्बन्धी सन्देश प्रवाह गर्न खोज्नुभएको छ । कृति कोरोना सङ्क्रमणको जोखिमका कारण विद्यालय बन्द हुँदा घर सबैभन्दा सुरक्षित स्थान भए पनि बालबालिकालाई सिकाइ र संस्कारसँग जोड्न नसक्दा हुनसक्ने सम्भावित घटना दोहरिन नदिन अभिभावक चनाखो हुनुपर्ने विषयमा केन्द्रित छ ।

प्रत्येक घरका अभिभावकले बालबालिकालाई संस्कारयुक्त मनोवैज्ञानिक शिक्षा दिन जरुरी रहेको बताउँदै कार्यक्रमका सहभागी वक्ताले अहिलेको शिक्षा किताबमा सीमित नभई सूचना, प्रविधि, धर्म र संस्कारको मिश्रण भएको विषय पुस्तकमा समावेश रहेको बताउनुभयो ।

उक्त अवसरमा प्राडा कोइरालाले बालमनोविज्ञानलाई नबुझेर अभिभावकले आप्mनो इच्छामा चल्न सिकाउने प्रवृत्ति बढिरहेको समयमा पुस्तकले विभिन्न सिद्धान्त, दर्शन, सञ्चार, प्रविधि, संस्कार, पूजापाठका माध्यमबाट पनि किताबको ज्ञानभन्दा धेरै शिक्षा हासिल गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएको बताउनुभयो ।

महासचिव सुवेदीले पुस्तक आत्म निरीक्षणका लागि ऐना भएकाले शिक्षक, अभिभावक र विद्यार्थीले पढ्नै पर्ने ज्ञान पुञ्जका रुपमा रहेको बताउनुभयो । शिक्षिका मञ्जु भट्टराईले संस्कार सिकाइको पहिलो पाठशाला घर भएकाले शिक्षामा संस्कारलाई अनिवार्य जोड्न आवश्यक रहेको बताउनुभयो ।

पुस्तकमार्फत् ‘गते’ र ‘बार’का विभिन्न शीर्षकमा स्रष्टाले घरः संस्कारको जग, महामारीमा नयाँ यात्रा रचनात्मक सिकाइजस्ता विषयमा घर, परिवार, समाज र देशलाई अनुभवमा आधारित शिक्षा प्रदान गर्ने तरिकाबारे ज्ञान दिलाउन खोजिएको छ ।

किताबको अध्ययनभन्दा सूचना र प्रविधिको ज्ञानले बालबालिका व्यक्तित्व विकास र प्रस्तुतिमा निखार ल्याउने मात्र नभई निडर र प्रखर तुल्याउने पुस्तकका पात्र हार्दिकताबाट समेत पुष्टि गरेको विषय उजागर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution