सभामुख देवराज घिमिरेले आफ्नो दायित्वप्रति सधैँ सचेत हुने बताएका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा आफ्नो पहिलो मन्तव्य व्यक्त गर्दै सभामुख घिमिरेले आफू निष्पक्ष भूमिकामा रहनका लागि पार्टीका सबै जिम्मेवारी छाडेको समेत प्रष्ट पारेका छन् ।
‘करिब पाँच दशकको राजनीतिक जीवनको क्रममा मैले जे जस्तो अनुभव र शिक्षा प्राप्त गरेको छु, त्यसैको आधारमा मलाई यो प्रतिनिधिसभाले सभामुखको पदमा निर्वाचित गरेको हो भन्ने मेरो विश्वास छ ।
सभामुखमा निर्वाचित भइसकेपछि मैले आफ्नो विगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाती राखेर सभामुखको पदीय मर्यादा र भूमिकालाई सदा सदा गरिमायुक्त बनाउनु मेरो कर्तव्य हुनेछ,’ उनले भने, ‘त्यही प्रयोजनका लागि सभामुखको निर्वाचनसँगै म आबद्ध रहेको राजनीति दल नेकपा एमालेसँगको सबै प्रकारको आबद्धता यो पदमा क्रियाशील रहँदासम्म परित्याग गरिसकेको जानकारी गराउँछु ।’
संसद् प्रतिस्पर्धाको थलो भएकाले नीतिगत बहसका लागि प्रोत्साहित गर्ने उनको भनाई छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |