Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर १८, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

परराष्ट्र नीति सन्तुलित, विश्वसनीय र भरपर्दो हुनुपर्छ : अध्यक्ष ओली

प्रत्यूष ५३९ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ ६, शुक्रबार (२ साल अघि)
परराष्ट्र नीति सन्तुलित, विश्वसनीय र भरपर्दो हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ,०६ माघ ।
नेकपा (एमाले) का अध्यक्ष कोपी शर्मा ओलीले नेपालले सबै राष्ट्रहरुसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) को परराष्ट्र विभागले आज यहाँ आयोजना गरेको दुई दिने अभिमुखीकरणमा उहाँले अन्तर्राष्ट्रियस्तरमा नेपालले सन्तुलित र विश्वसनीय शक्तिका रुपमा स्थापित हुने गरी सम्बन्ध कायम राख्नुपर्ने बताउनुभयो ।

“हामीले दुई वटा छिमेकीसँग स्पष्ट र भरपर्दो सम्बन्ध बनाउनुपर्छ, बोल्ने एउटा र व्यवहार अर्को गर्नु हुँदैन”, अध्यक्ष ओलीले भन्नुभयो, “असल छिमेकी बन्नका लागि भलो चिताएर, उनीहरुको चासो, चिन्तालाई समेत यथोचित सम्बोधन गरी अघि बढ्नुपर्छ ।”

नेपालको सार्वभौमसत्तामाथि अतिक्रमण हुने नदिने र देशको सार्वभौमसत्ता, स्वाधीनतामा कसैलाई प्रयोग हुन नदिने उल्लेख गर्दै ओलीले भन्नुभयो, “नेपालमा कुनै प्रकारका सैनिक राख्न दिँदैनौँ तर नेपालले सबैसँग मित्रता राखेको छ, कसैसँग पनि शत्रुता राखेको छैन ।”

अध्यक्ष ओलीले विश्व शान्तिका लागि सबैले काम गर्नुपर्ने उल्लेख गर्दैै थप्नुभयो, “विश्वभरि नै शान्ति कायम हुन सकोस, सबै देशको सार्वभौमसत्ताको सम्मान हुन सकोस ।” उहाँले कुनै पनि हिसाबले युद्धलाई साथ र समर्थन नगर्ने र संसारमै युद्ध अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “युद्ध भएका ठाउँमा वार्ताको माध्यमबाट अन्त्य गरिनुपर्छ, सबै देशहरु सार्वभौमसत्ता सम्पन्न छन् ।”

नेपालले कूटनीतिक सम्बन्ध बलियो रुपमा अघि बढाउनुपर्ने र पारस्परिक लाभ तथा सम्मानका आधारमा सबैसँग मित्रताको नीतिबाट अगाडि बढ्ने नेपालको परराष्ट्र सम्बन्ध नीति सञ्चालन गर्ने आधार भएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

    धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

  • श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ

    श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ

  • महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा

    महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा

  • Post Thumbnail

    निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्तसमक्ष ज्ञापनपत्र

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर १८ गते बिहिबार

    २०८२ मंसिर १८ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

    धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

    श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ

    श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ

    महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा

    महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा

    Post Thumbnail

    निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्तसमक्ष ज्ञापनपत्र

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution