Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १६, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु

प्रत्यूष ७८१ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ ५, बिहिबार (२ साल अघि)
मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु

धादिङ,०५ माघ ।
निर्वाचन आयोगले धादिङसहित ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ ।

गत मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तय भएपछि गत साउन १९ गते स्थगन भएको मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक प्रक्रिया यही माघ २ गतेबाट सुरु भएको आयोगका सहसचिव तुलसीबहादुुर श्रेष्ठले बताउनुभयो ।

आयोगले तोकिए बमोजिमको प्रमाण लिई मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको फोटोसहितको मतदाता नामावलीको विवरण मतदाता नामावली ऐन, २०७३ बमोजिम सङ्कलन गर्दै आएको छ ।

कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्म मिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नामलगायतका विवरणमा रहेको त्रुटी सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा संलग्न प्रमाणको आधारमा निर्वाचन अधिकारीले प्राप्त निवेदनमाथि आवश्यक निर्णय गर्नेछ ।

तर कुनै मतदाताले भुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाउनको लागि कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा निर्वाचन अधिकारीले छानबिन गरी त्यस्तो नाम हटाउने सम्बन्धमा निर्णय गर्नेछ ।

कुनै मतदाताले विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा मतदाता नामवली ऐन, २०७३ को दफा नौ बमोजिम आयोगले निवेदन लिई मतदाताले साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा दिन सक्ने व्यवस्था गरेको छ ।

कुनै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको वा विवाह वा बसाई सरी गएका कारण मतदाता नामावलीबाट नाम हटाउनको लागि निवेदन प्राप्त भएमा नाम हटाउने सम्बन्धमा जिल्ला निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी हटाइएका मतदाताको विवरण मतदाता नामावली ऐन, २०७३ को दफा १८ को उपदफा ९३० बमोजिम अद्यावधिक गर्ने प्रयोजनको लागि प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा सात दिनको समय दिई सूचना टाँस गर्ने व्यवस्थासमेत मिलाउनेछ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल

    अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल

  • निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता हुनुपर्छ : मन्त्री खरेल

    निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता हुनुपर्छ : मन्त्री खरेल

  • निर्वाचनको वातावरण बनाउनुपर्नेमा मुख्यमन्त्री बानियाँको जोड

    निर्वाचनको वातावरण बनाउनुपर्नेमा मुख्यमन्त्री बानियाँको जोड

  • युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री

    युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १६ गते बुधबार

    २०८२ पुस १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल

    अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल

    दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

    दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

    निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता हुनुपर्छ : मन्त्री खरेल

    निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता हुनुपर्छ : मन्त्री खरेल

    निर्वाचनको वातावरण बनाउनुपर्नेमा मुख्यमन्त्री बानियाँको जोड

    निर्वाचनको वातावरण बनाउनुपर्नेमा मुख्यमन्त्री बानियाँको जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution