Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नुवाकोटका सबै क्रसर अवैध

प्रत्यूष ६४६ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष २९, शुक्रबार (२ साल अघि)
नुवाकोटका सबै क्रसर अवैध

त्रिशूली, २९ पुस ।
नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएसँगै ताला लगाइएको छ । गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र बालुवा प्रशोधन उद्योगमा ताला लगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

उहाँको अनुसार जिल्लाका क्रसर उद्योग कानुनी मापदण्डअनुरुप सञ्चालनको अवस्था बुझ्न सहायक प्रजिअको नेतृत्वमा गठन गरिएको अनुगमन समितिको अनुगमनमा हालसम्म २२ मा ताला लगाएको छ । “अनुगमनमा अवैध पाइएकाले प्रक्रिया पूरा नभएसम्म ताला (सिल गरिएको) लगाइएको छ”, प्रजिअ रिसालले भन्नुभयो, “उद्योग सञ्चालनका लागी तोकिएका मापदण्डको प्रशस्त उल्लङ्घन भएको पाइएपछि सिधै सिल गरिएको हो । कानुनी आधार पूरा गरेर सम्पर्कमा आउन पत्र दिइएको छ ।”

अनुगमनका क्रममा यसअघि निर्बाध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगको समेत मापदण्ड पूरा नभएको पाइएको छ भने केही उद्योग दर्ता नै नभई सञ्चालन गरिएकाले बन्द गरिएको उल्लेख छ । अनुगमनका क्रममा ताला लगाइएको २२ उद्योगमध्ये चारवटा उद्योग दर्ता नै नगरी सञ्चालनमा रहेको पाइएको छ भने एकवटा उद्योगको नाम र सञ्चालक समेत पत्ता लगाउन नसकेको प्रजिअ रिसालले जानकारी दिनुभयो ।

“दर्ता भएका उद्योगको कानुनी सञ्चालनको मापदण्ड अनुगमनमा जाँदा दर्ता नै नभएका उद्योगहरु समेत सञ्चालनमा देखियो”, उहाँले भन्नुभयो, “दर्ता गरिएको छैन, निर्माण सामग्री अवैध रुपमा भित्र्याइएको छ । राजस्व छली गरेर राज्यलाई लाखौँ नोक्सान बनाउने दर्ता नभएका उद्योगको उपकरण जफतको तयारी गरेका छौँ ।”

नुवाकोटमा विदुर र बेलकोटगढी नगरपालिकासहित जिल्लाको लिखु, तारकेश्वर, तादी, ककनी लगायतका गाउँपालिकाको नदी र खोला तथा खानीलाई लक्षित गरेर क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  • आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

  • बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ११ गते शुक्रबार

    २०८२ पुस ११ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद  क. रामबहादुर भण्डारीको चर्चा

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीद क. रामबहादुर भण्डारीको चर्चा

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    बिलाउनीको झाडी फाडेर सुन्तला बगान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution