Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ३, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हामीले पाएको मत आशाको हो : सभापति लामिछाने

प्रत्यूष ३८७ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष २५, सोमबार (३ साल अघि)
हामीले पाएको मत आशाको हो : सभापति लामिछाने

काठमाडौँ, २५ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले पाएको मत आशाको भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूहरुले प्राप्त गरेको मत निराशाको नभई आशाको भएको बताउनुभएको हो । उपप्रधान एवं गृहमन्त्रीसमेत रहनुभएका लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनि भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “म यसलाई निराशाको होइन, नेपाली जनताले दिनुभएको आशाका मत चन्न चाहन्छु । सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो ।” उहाँले नेपाली जनताले जानेर नजानेर राम्रोसँग मत दिएको स्पष्ट पार्दै भन्नुभयो, “नयाँ दललाई नमात्तिने गरी मत दिएको र पुराना दलहरुलाई पनि सच्चिनुपर्छ है भनेर घटाइदिएका छन् ।”

नयाँ पार्टीको उदय नेपाली राजनीतिक लागि ठूलो कुरा नभए पनि जनताले गरेको विश्वास नै सबैभन्दा ठूलो विषय भएको बताउनुभयो । नेपाली जनताले अपेक्षा गरेअनुसारको काम आफूहरुले सम्पादन गर्ने विश्वास व्यक्त गर्दै लामिछानेले जनमतअनुसारको वर्तमान सरकार बनेको कुरा प्रधानमन्त्रीले पटक–पटक व्यक्त गर्नुभएकोसमेत स्मरण गर्नुभयो ।

उहाँले नेपाली समाजमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसका लागि सबैको साथ र सहयोग हुनुपर्ने उहाँको जोड थियो । सरकारको काम कारवाहीका सम्बन्धमा प्रतिपक्षी दलले रचनात्मक सुझाव दिनुपर्ने उल्लेख गर्दै कुनै पनि व्यवधान खडा गर्ने अड्काउन काम नगरी सघाउने हुनेछ भन्ने आशा व्यक्त गर्नुभयो ।

सभापति लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषयमा सरकारले निर्मम भएर छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो, “कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरकार निर्मम भएर खडा हुन्छ । संसद्ले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्छ ।”

भ्रष्टाचारको छानविनमा राजनीतिक दल, नेता र सांसदले दबाब र प्रभाव पर्न नहुने उहाँको कथन छ । विधिको शासन पालना गराउन सबैको साथ र सहयोग रहने स्पष्ट पार्दै सभापति लामिछानेले आफ्नो दलका नेता र सांसद पनि गलत काममा सहभागी नहुने र नागरिकलाई दुःख नदिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

  • मन्त्री चौलागाईंसँग  जापानी राजदूतको भेटवार्ता

    मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

  • ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

    ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

  • पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

    पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    गगन थापा नेतृत्वको कांग्रेसले पायो निर्वाचन आयोगको मान्यता

    मन्त्री चौलागाईंसँग  जापानी राजदूतको भेटवार्ता

    मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

    ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

    ‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

    पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

    पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution