Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १४, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दशौं राष्ट्रिय पोल्ट्रि दिवसको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

प्रत्यूष ४४७ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १८, सोमबार (३ साल अघि)
दशौं राष्ट्रिय पोल्ट्रि दिवसको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

धादिङ । दशौं राष्ट्रिय पोल्ट्रि दिवसको सप्ताहव्यापी कार्यक्रम पोल्ट्री कृषक, व्यवसायी तथा सरोकारवालाहरूसँग अन्तरक्रिया सहित सम्पन्न भएको छ ।‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधारः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङ द्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख डा.सन्दिप सिलवालले सहजीकरण गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा पोल्ट्री क्षेत्रको अवस्था, समस्या समाधानका उपायहरु लगायतको विषयमा छलफल भएको थियो । नेपालमा आर्थिक समृद्धिका लागि मेरुदण्डको रुपमा रहेको पोल्ट्री व्यवसायीको तथ्यांक संकलन गर्न नसकिएको प्रमुख सिलवालले जानकारी दिनुभयो ।

पोल्ट्री कृषकहरुले सयम समयमा कृषकलाई तालिमको व्यवस्थापन गर्न र पोल्ट्री क्षेत्रमा चुनौतीको रुपमा देखिएको दाना चल्लाको मूल्य अस्थिरताको साथै मूल्य एकरुपता ल्याउने जस्ता विषयमा सुझाव दिएका छन् । पोल्ट्री दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत धादिङमा नीलकण्ठ नगरपालिका वडा नं.७ को कर्णेश्वर माविमा अण्डा तथा मासु उपभोगको महत्व बारेमा स्कुल शिक्षा कार्यक्रम सहित अण्डा खुवाउने कार्यक्रम गरिएको थियो भने धादिङ अस्पतालको मातृशिशु स्वास्थ्य क्लिनिकमा चेकजाँच गर्न आएका ३५ जना गर्भवती महिला र नमुना बौद्धिक अपांगता आधारभूत विद्यालयका अपांगता र कुपोषण भएका ३० जना बालबालिकालाई पोषण र अण्डाको महत्व बुझाउँदै अण्डा वितरण गरिएको थियो ।

त्यसैगरी पोल्ट्री कृषकहरुलाई पोल्ट्री व्यवसाय सम्बन्धी सचेतना कार्यक्रम, पोल्ट्री क्षेत्रसँग सम्बन्धित र सान्दर्भिक लेख रचना पत्रपत्रिकाहरुमा प्रकाशन र श्रमिक बजारमा श्रमिकहरुलाई अण्डाको परिकार वितरण गरिएको थियो ।
पोल्ट्री व्यवसायहरुले आर्थिक वर्ष ०७७÷०७८ को अनुसार वार्षिक २२ लाख ५८ हजार ३९९ कुखुरा उत्पादन हुन्छ । सोही कुखुराबाट वार्षिक ७१ सय ४७ मेट्रिक टन मासु र ४७ लाख गोटा अण्डा उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • हिउँदे वर्षाले किसान उत्साहित

    हिउँदे वर्षाले किसान उत्साहित

  • संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

    संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

  • आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल

    आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल

  • एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १४ गते बुधबार

    २०८२ माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हिउँदे वर्षाले किसान उत्साहित

    हिउँदे वर्षाले किसान उत्साहित

    संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

    संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

    आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल

    आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल

    एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution