Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २२, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपाली कागज : बजारमा माग धेरै, उत्पादन कम

प्रत्यूष २०४ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १७, आईतबार (२ साल अघि)
नेपाली कागज : बजारमा माग धेरै, उत्पादन कम

गोरखा, १७ पुस ।
गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव हँुदै आएको हो ।

कागज उत्पादनका लागि आवश्यक पर्ने लोक्ता जङ्गलबाट खोजेर ल्याउनुपर्ने भए पनि आवश्यकताका आधारमा कच्चा पर्दाथ आयात गर्न नसकिएको उद्योगका सञ्चालक पासाङनिमा शेर्पाले बताउनुभयो । “जङ्गलमा त खोजेजति लोक्ता पाइन्छ”, उहाँले भन्नुभयो, “तर जङ्गलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ ।”

शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको झण्डै पाँच वर्ष भइसकेको छ । “बजारमा जति उत्पादन गरे पनि बिक्रीका लागि कुनै समस्या छैन”, शेर्पाले भन्नुभयो, “बरु कागज उत्पादनका लागि सधैँ कच्चा पर्दाथको अभाव हुने गरेको छ ।” जङ्गलबाट झिकेर ल्याएको लोक्ता उद्योगले प्रतिक्विन्टल रु १५ हजारमा खरिद गर्ने गरेको उहाँको बताउनुभयो । एक क्विन्टल कच्चा पर्दाथबाट दुई हजार थान २०–३० साइजको कागज उत्पादन हुने शेर्पाले जानकारी दिनुभयो ।

उद्योगमा अहिले परिवारका तीन सदस्यसहित १० जनाले रोजगारी पाएका छन् । शेर्पाले करिब रु आठ लाखको लागतमा उद्योग सञ्चालन गरेको बताउनुभयो । “उद्योगका लागि दक्ष कामदारलाई खाने–बस्ने सुविधासहित रु १० हजारदेखि १५ हजार तलब दिने गरेको छु”, शेर्पाले भन्नुभयो, “चर्को घाम लागेको दिन एक जना कामदारले दैनिक दुई सय पन्ना कागज उत्पादन गर्न सक्छ ।”

उद्योगले उत्पादन गरेको कागज काठमाडौँमा बिक्री हुने गरेको उहाँको भनाइ छ । “उद्योगमा १० ग्राम, २० ग्राम, ३० ग्राम र ४० ग्राम तौलका कागज उत्पादन हुने गर्दछ”, उहाँले भन्नुभयो, “बीस ग्राम कागजको प्रतिपन्ना रु २० र ४० ग्राम कागजको प्रतिपन्ना रु ४० मा नै ठूला उद्योगले खरिद गरेर लैजान्छन् ।”

उहाँले उद्योगबाट गर्मी मौसममा दैनिक एक हजार छ सय थान र जाडो मौसममा आठ सय थानसम्म कागज उत्पादन हुने बताउनुभयो । “जाडो मौसममा सुक्न अलिक समय लाग्ने भएकाले गर्मी मौसममा भन्दा कम उत्पादन हुन्छ”, शेर्पाले भन्नुभयो, “गर्मी मौसममा बढीमा तीन घण्टाभित्रमा जालीमा राखेको लेदो सुकेर कागज तयार हुन्छ, तर जाडो मौसममा सुक्न झण्डै पाँच घण्टा जति समय लाग्छ ।”

राम्रोसँग उद्योग चल्दा मासिक रु चार लाखसम्म उद्योगमा आम्दानी हुने गरेको शेर्पाले बताउनुभयो । उद्योगले मागअनुसार कागज उत्पादन गर्दै आइरहेको सञ्चालक शेर्पाको भनाइ छ । उहाँले उद्योगका लागि चाहिने कच्चा पर्दाथ वन कार्यालयको अनुमति लिएर उत्तरी गोरखाको लाप्राक, लापु, मान्वु, खरिबोटलगायतका क्षेत्रबाट सङ्कलन गरी ल्याउने गरिएको जानकारी दिनुभयो ।

उद्योगबाट उत्पादित नेपाली कागज अघिकांश सरकारी कामकाजका लागि प्रयोग हुने गरेको भए पनि थाङ्का र्कोने, धुप बनाउने, डायरी बनाउने, नोटबुक बनाउने काममा समेत प्रयोग हुने गरेको सञ्चालक शेर्पाको जानकारी दिनुभयो । ४० ग्रामका कागज भने नेपाल बाहिर निर्यात हुने गरेको शेर्पाको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

  • प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

  • किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

  • साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution