Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘नेपाललाई आइटी हब बनाउनुपर्छ’

प्रत्यूष ५८१ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष ११, सोमबार (३ साल अघि)
‘नेपाललाई आइटी हब बनाउनुपर्छ’

काठमाडौँ, ११ पुस
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई सञ्चार प्रविधि केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।मन्त्रालयले आज आयोजना गरेको आफ्नो विदाइ कार्यक्रममा उहाँले नेपालको जलवायु, युवा जनशक्ति र शिक्षाको अवस्थाले पनि नेपाललाई ‘आइटी हब’का रूपमा विकास गर्न सकिनेमा विश्वास व्यक्त गर्नुभयो ।

विसं २०७८ असोज २२ देखि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री कार्की हिजो नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै आज पदमुक्त हुनुभएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकोसमेत जिम्मेवारी लिनुभएका उहाँ हालसम्म जलस्रोतलगायत मन्त्रालयको जिम्मेवारीका साथ चारपटक मन्त्री बन्नुभएको छ ।

उहाँ गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित हुनुभएको छ । सांसद कार्कीले भन्नुभयो, “जलस्रोत, पर्यटन र पूर्वाधारको विकाससँगै मुलुकले विकासको गति लिएको आभास भएको छ, हामी सबै मिलेर त्यसलाई पूर्णता दिनुपर्छ ।” उहाँले राजनीतिक आस्थाभन्दा माथि उठेर देश र जनताका निम्ति स्थायी सरकारकैरूपमा काम गर्न निजामती कर्मचारीलाई आग्रह गर्नुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले निवर्तमान मन्त्री कार्कीले मन्त्रालयको जिम्मेवारी लिएपछि मन्त्रालयको ९५ प्रतिशत कामकारवाही डिजिटल माध्यमबाट गर्न सफल भएको बताउनुभयो । उहाँले मन्त्री कार्कीका कार्यकालमा सञ्चारसम्बन्धी ऐन/कानुन र हुलाक सेवा विभागलाई आधुनिक बनाउनेलगायत अन्य महत्वपूर्ण विषयमा गृहकार्य भएको पनि बताउनुभयो ।

निवर्तमान मन्त्री कार्कीलाई मन्त्रालयका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । उहाँलाई आजै कानुन मन्त्रालयबाट पनि विदाइ समारोह आयोजना गरी विदाइ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution