Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनमा खुुसियाली

प्रत्यूष ४७९ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष ११, सोमबार (२ साल अघि)
‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनमा खुुसियाली

काठमाडौँ,११ पौष ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् ।

गृहजिल्ला चितवन भएका दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । अघिल्लो कार्यकालमा चितवनबाट निर्वाचन जित्नु भएका उहाँले जिल्लामा ठूला विकास निर्माणका योजना सुरुवात गर्नुभएको थियो । ती योजनाले अब पूर्णता पाउने र नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री नहुँदा पनि ‘प्रचण्ड’को क्षेत्र र महानगर पूरै भागमा गएको पाँच वर्षमा रु ४० अर्बभन्दा बढीका योजना परेका थिए । ती सबै योजनामा मुख्य भूमिका प्रधामन्त्री दाहालकै थियो । चितवन क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाको आधाभन्दा बढी भाग र माडी नगरपालिका पूरै पर्दछ ।

आफूले निर्वाचन जितेको क्षेत्रमा अरु धेरै विकासका काम गर्ने उहाँका कतिपय योजना अधुरै छन् । गोरखाबाट निर्वाचन जितेपनि प्रधामन्त्री दाहाल चितवनको अभिभावक भएकाले विगतमा झै जिल्लाको विकास निर्माणमा महत्वपूण भूमिका रहने नगरप्रमुख दाहालले बताउनुभयो ।

आफू गोरखाबाट निर्वाचित भइसकेपछि यहाँ आएको बेला प्रधानमन्त्री दाहालले आफ्नो निर्वाचन क्षेत्र गोरखा र गृह जिल्ला चितवन पनि भएको भन्दै यहाँको विकासमा चासो दिँदै आउनु भएको थियो । नगरप्रमुख दाहालले भन्नुभयो, “‘प्रचण्ड’ चितवनको अभिभावक हो, जनप्रतिनिधि हुँदा पनि नहुँदा पनि उत्तिकै दायित्व उहाँसँग छ । समग्र महानगरसँगै चितवनको विकासमा उहाँको भूमिका रहन्छ ।”

चितवन उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका कांग्रेस नेता राजन गौतमले उहाँ प्रधानमन्त्री हुँदा चितवनले विकासको अवसर पाउने बताउनुभयो । जिल्लाकै जनप्रतिनिधि बनाउनु पर्नेमा चितवन चुकेको भन्दै उहाँले गोरखाबाट जितेपनि गृहजिल्ला चितवन भएकाले यहाँको विकासमा प्रधानमन्त्री दाहालको भूमिका रहने उल्लेख गर्नुभयो ।

जिल्लास्थित उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेलले प्रधानमन्त्री दाहाल यसअघि यहाँको जनप्रतिनिधि भएका बखत पनि २० वर्षमा हुने विकास पाँचैं वर्षमा भएकाले र आउँदो समयमा पनि जिल्लामा विकासको लहर आउने बताउनुभयो । चितवनको विकासलाई देशैभर नयाँ नमूनाका रुपमा प्रस्तुत गर्न सकिने उहाँको भनाइ थियो ।

नेकपा (एमाले) का नेता विजय सुवेदीले चितवनवासीका लागि यो समय महत्वपूर्ण अवसर भएको बताउनुभयो । यसअघि पनि प्रधानमन्त्री दाहालले ठूला योजना ल्याउनुभएको स्मरण गर्दै उहाँले त्यतिबेला गर्न नभ्याएका आयोजनाले अब पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । नारायणी तटबन्धजस्ता ठूला आयोजना उहाँले नल्याएको भए आउने थिएन भन्दै नेता सुवेदीले जिल्लावासीले यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
विकासका लागि पूँजी र साधनस्रोत आवश्यक पर्ने भएकाले त्यसलाई जोड्न उहाँ प्रधानमन्त्री भएपछि अझै सहज भएको बताउनुभयो । प्रधानमन्त्री दाहालको शिवनगरमा स्थायी घर छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

    आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

  • कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

  • बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

    बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

  • उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

    आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

    बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution