Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २१, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेत्रावती डबजोङ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

४२५ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष ९, शनिबार (३ साल अघि)
नेत्रावती डबजोङ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार नेत्रावती डबजोङ गाउँपालिका वडा नं २ र ३ तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएसँगै गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहको अध्यक्षतामा तथा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता र उपाध्यक्ष सिता माया चोदेनको विशेष आतिथ्यता सम्पन्न भएको हो । कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष सुरेश वाईवा, वडा नं २ का अध्यक्ष मिन बहादुर तामाङ लगायत गाउँपालिकाका शाखा प्रमुखहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाका योजना तथा प्रशासन शाखाका प्रमुख अनुप लामिछानेले सार्वजनिक सुनुवाईको उद्धेश्य, महत्व र विषय वस्तुको बारेमा प्रकास पार्नु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासालाई जवाफ दिदै कार्यक्रमका विषेश अतिथि तथा गाउँपालिकाका उपाध्यक्ष सिता माया चोदेन गुरुङले स्थानिय स्तरका विकासका निमित्त व्यक्ति आफै सक्षम हुन आवश्यक रहेको बताउनु भएको छ । उहाँले पालिका भित्रको विकास निमार्णमा आफुहरु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले गाउँपालिका भित्र विभिन्न योजना तथा कार्यक्रमहरुमा अनियमितता रोक्नको निमित्त उपभोक्ता समितिलाई पहिला आफै गुणस्तरको काम गर्नको निमित्त आग्रह गर्नुभएको छ । उहाँले आफुले गरेका काममा कसैले औला उठाउने ठाउँ नराखीकन काम कारवाहीलाई अगाडि बढाउन सवैमा आग्रह गर्नुभएको हो । उहाँले आफ्नो कार्यकालमा गाउँपालिकालाई नुमना बनाउने समेत बताउनु भएको छ । अध्यक्ष रिजालले खानेपानीमा एक घर एक धारा,वाका डाडा पर्यटन प्रवधन,गाउँपालिकाको जग्गा दातालाई सम्मान,सडक,शिक्षा र कृषिमा उत्पादन तथा बजारीकरण लगाएतका बिषयबस्तुहरुमा आफुहरु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

त्यसैगरी सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका गुनासो तथा जिज्ञासा मेटाउदै गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएकोले यस किसिमको कार्यक्रमले सेवाग्राही र सेवा प्रदायिक बिचको दुरीमा कमी आउने बताउनु भएको छ । उहाँले गाउपालिका भित्रका कर्मचारीहरु बाट कार्य सम्पादनमा केहि गुनासो आएमा जुनसुकै बेलामा आफुलाई जानकारी गराउन आग्रह गर्दै सुधार र सुझावमा आफु एक्सनमा जाने समेत बताएका छन् ।

नेत्रावती डवजोङ गाउपालिकाले शुसासन, पारदर्शिता र जवाफदेहिताको लागी भन्दै वडा तहमानै सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको थियो । गाउँपालिकाले यस अघि वडा न १ स्थित मार्पाक, वडा न ४ स्थित भोग्टेनी,वडा न ५ स्थित कटुन्जेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री कार्कीसँग थारू कल्याणकारिणी सभाको भेट

    प्रधानमन्त्री कार्कीसँग थारू कल्याणकारिणी सभाको भेट

  • बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट ताराखेतमा सडकबत्ती

    बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट ताराखेतमा सडकबत्ती

  • बालबालिकालाई न्यानो कपडा वितरण

    बालबालिकालाई न्यानो कपडा वितरण

  • प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण

    प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १८ गते शुक्रबार

    २०८२ पुस १८ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रधानमन्त्री कार्कीसँग थारू कल्याणकारिणी सभाको भेट

    प्रधानमन्त्री कार्कीसँग थारू कल्याणकारिणी सभाको भेट

    बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट ताराखेतमा सडकबत्ती

    बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट ताराखेतमा सडकबत्ती

    बालबालिकालाई न्यानो कपडा वितरण

    बालबालिकालाई न्यानो कपडा वितरण

    प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण

    प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution