Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘तिम्रो मेरो साथ’ रिलिज हुँदै

प्रत्यूष ४७० पटक पढिएको प्रकाशित मिति: २०७९ पौष ८, शुक्रबार (३ साल अघि)
‘तिम्रो मेरो साथ’ रिलिज हुँदै

काठमाडौँ, ८ पुस ।
नेपाली फिल्ममा सङ्ख्यात्मकरूपमा थोरै फिल्ममा अभिनय गरे तापनि स्थापित भएकी अभिनेत्री हुन् सम्राज्ञी राज्यलक्ष्मी शाह । ‘ड्रिम्स’मार्फत डेब्यु गर्दा नै फरक देखिएपश्चात उहाँको डिमाण्ड फिल्ममा बढ्दै गयो । यिनै अभिनेत्री शाह पछिल्लो समय अभिनेता पुष्प खड्कासँग देखिरहनुभएको छ । उहाँ दुईले मङ्गलम, मारुनीपश्चात अभिनय गरेको तेस्रो फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ मा रिलिज हुँदैछ ।

अभिनेत्री शाहले अतिथि भूमिकामा अभिनय गर्नुभएको पहिलो फिल्ममा काम गर्दा उहाँहरूको चिनजान नै थिएन । फिल्मको ट्रेलर सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा पुष्पले भन्नुभयो, “हाम्रो भेट नै दोस्रो फिल्मका लागि भएको थियो । उहाँको कामप्रतिको लगाव तारिफयोग्य छ । हामी मिल्ने साथी बनिसकेका छौँ ।” तेस्रो फिल्ममा काम गर्दा झनै एकअर्कालाई बुझ्न पाएको उहाँले बताउनुभयो ।

फिल्मनगरीसँग घुलमिल नभएकी अभिनेत्री शाहले पनि अभिनेता खड्कासँग काम गर्न पाउँदा ‘कम्फर्ट फिल’ हुने बताउनुभयो । “हामीले काम गर्ने शैली बुझिसकेका छौँ । त्यसैले तेस्रो सहकार्यमा झनै सजिलो भयो”, अभिनेत्री शाहले भन्नुभयो, “मैले आफू सुहाउँदो भूमिकाभन्दा बाहिर निस्केर काम गर्ने कोसिस गरिरहेकी छु । क्यारेक्टरमा आफूलाई देखेपछि अभिनय गर्न तयार हुन्छु ।”

पत्रकार सम्मेलनमा उहाँ दुईलाई अभिनय गराउनुका कारण सुहाउँदो केमेष्ट्री रहेको निर्देशक रमेश एमके पौडेलले बताउनुभयो । “उहाँहरूको फिल्म दर्शकले प्रतीक्षा गरिरहनुभएकोजस्तो लाग्छ । मैले तयार गरेको कथामा समेत उहाँ दुई फिट हुनुभयो”, निर्देशक पौडेलले भन्नुभयो, “बाहिर जे–जस्तो हल्ला सुनिएता पनि अभिनेत्री शाहसँग काम गर्न निकै सहज र सरल भयो ।” फिल्ममा सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसीलगायतका कलाकारको अभिनय छ । सवीर श्रेष्ठ र बाबुराम निरौलाको लेखन रहेको फिल्ममा शिव ढकालको छायाङ्कन, सुवास भुसाल/योगेश काजीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution