Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ३०, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

निर्वाचन मार्फत एमालेले आत्मविश्वास प्राप्त गरेको छ : अध्यक्ष ओली

प्रत्यूष ४९५ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष ५, मंगलबार (३ साल अघि)
निर्वाचन मार्फत एमालेले आत्मविश्वास प्राप्त गरेको छ : अध्यक्ष ओली

काठमाडौँ,०५ पौष ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको अभिमतले आफूहरुको मनोबल उच्च भएको र आत्मविश्वास बढेको बताउनुभएको छ । उहाँले आफ्नो पार्टीले देशको लोकप्रिय पार्टीका रुपमा विजयी भएको र यसलाई उत्सवका रुपमा मनाएको पनि टिप्पणी गर्नुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट निर्वाचित सांसदहरुको सम्मान एवं बधाईका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेले नेपालको कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाएको र राष्ट्रिय मूलधारका रुपमा स्थापित गरेको धारणा राख्नुभयो ।

हालै सम्पन्न निर्वाचनमा केही स्थानमा कमी कमजोरी पनि देखिएका बताउँदै आगामी दिनमा सुधार गरेर लोकतान्त्रिक प्रणालीको सुधारमा लागिपर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजित नभएको र आगामी दिनमा सुखी नेपाली र समृद्ध नेपाल निर्माण निर्माणका लागि आत्मविश्वासका साथ अगाडि बढ्ने पनि बताउनुभयो ।

नेपाली जनताले आफ्नो पार्टीलाई कूल सात प्रदेशमध्ये छ वटा प्रदेशमा १ नम्बरको पार्टी बनाएको भन्दै उहाँले प्रसन्नता व्यक्त गर्नुभयो । निर्वाचनपछि पनि देश राजनीतिक अराजकतातर्फ गएको र आर्थिक हिसाबले सम्हाल्नै नसक्ने अवस्थामा पुगेको भन्दै उहाँले एमालेका जनप्रतिनिधिले वास्तविक अर्थमा भूमिका खेल्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले नयाँ जनादेशपछि सहजरुपमा सरकार गठन हुनुपर्नेमा त्यस्तो अवस्था नदेखिएको तथा उत्पन्न भएको अलमलले देशको हित नगर्ने भन्दै त्यस्तो गतिविधिमा आफूहरु संलग्न नहुने बताउनुभयो । लोकतन्त्रमा गलत मानसिकता स्थापित हुन थालेकामा चिन्ता व्यक्त गर्दै उहाँले मर्यादित र अनुशासित प्रणालीको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रमा समस्या खडा भएको, बेरोजगारी बढेको, बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह गर्ने अवस्था नभएको आरोप लगाउँदै त्यसप्रति आफूहरु चिन्तित रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउने जिल्ला अध्यक्षलाई अध्यक्ष ओलीले सम्मान गर्नुभएको थियो । यस्तै निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी हुनुभएका अध्यक्ष ओलीलाई पनि ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य विजयलाल श्रेष्ठले सम्मान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • ट्राफिक सप्ताह–२०८२ :  ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

  • अन्तर्वार्ताः  तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

    अन्तर्वार्ताः तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

  • भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

    भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

  • अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

    अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २९ गते मंगलबार

    २०८२ पुस २९ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ट्राफिक सप्ताह–२०८२ :  ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    अन्तर्वार्ताः  तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

    अन्तर्वार्ताः तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

    भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

    भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

    अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

    अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution