Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २९, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

इन्धनको मूल्य घटाउन सक्ने अवस्था छैन : आयल निगम

प्रत्यूष ४३० पटक पढिएको प्रकाशित मिति: २०७९ पौष ४, सोमबार (३ साल अघि)
इन्धनको मूल्य घटाउन सक्ने अवस्था छैन : आयल निगम

काठमाडौँ,०४ पौष ।
नेपाल आयल निगमले मूल्य समायोजन गर्दा इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पाेरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ । आइओसीले मूल्य बढाएर पठाएमा इन्धनको मूल्य बढाउने र घटाएर पठाएमा घटाउने गरी मूल्य समायोजन गर्नुपर्ने हो ।

तर, निगमले भने यसविपरीत मूल्य समायोजन गर्ने गरेको देखिन्छ । नेपाल आयल निगमले गत शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको छ । आइओसीबाट पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाइ इन्धन १० रुपैया ६१ पैसा मूल्य घटेर आएको थिये ।

तर, निगमले भने ५० प्रतिशतभन्दा बढी कम गरेर मूल्य समायेजन गरेको हो । भारतबाट घटेर आएअनुसार निगमले मूल्य समायेजन नगरेको यो पहिलेपटक भने होइन । आफूलाई घाटामा देखाउँदै निगमले उचित मूल्य समायेजन नगर्ने गरेको आरेप लाग्दै आएको छ । आइओसीले मूल्य बढाएर पेट्रोलियम पदार्थ पठाउँदा नेपालमा भाउ बढाउने निगमले मूल्य घटेर आउँदा घटाएको देखिँदैन । यदी घटाइहाल्नुपर्दा पनि निकै कम घटाउने गरेको उपभोक्ताहरु बताउँछन् ।

पाँच महिनादेखी निगमले उचित मूल्य समायोजन गरेको नगर्दा जनताले सास्ती भोग्नु परको उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले बताए । उनले निगमलाई अमुक बैंकबाट ऋण लिनु भनेको सरकार र निगमबीचको चलखेलले समयमै उचित मूल्य समायोजन हुन नसकेको आरोप लगाए । वैज्ञानिक ढंगबाट मूल्य समायोजन गर्नुपर्नेमा जोड दिँदै महासचिव तिमिल्सिनाले भने, ‘पेट्रोलियम पदार्थको मूल्य बढ्दा बढाइदेउ, घट्दा पनि घटाइदेउ । यसो गर्दा उपभोक्ता मारमा पर्ने छैनन् ।’

निगमले हवाइ इन्धनमा पनि अत्याधिक नाफा लिइरहेको उनको दाबी छ । सरकारले जनतालाई भ्याट र ब्याजको नामा ठगी गरिरहेको उनको भनाइ छ । कमिसन र अनावश्यक सुविधा लिने संस्था र कर्मचारीको कायैशैली परिवर्तन नभए अझै उपभोक्ताले महंगी र असमान मूल्यको सामना गर्नुपर्ने महासचिव तिमिल्सिनाको भनाइ छ ।

उनले भारतबाट पेट्रोलियम पदार्थ मूल्य घटेर आउँदासमेत निगमले मूल्य घटाएर समायोजन नगर्नुको कारण सरोकारवालासँग जवाफ मागे । मूल्य घटेर आउँदा पनि निगम घाटामा रहेको बहाना देखाएर मूल्य समायोजन नगर्दा मुनाफा जति सबै राज्यको कोषमा जम्मा भइरहेको उनको आरोप छ । तर, नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निमगमाथि लगाएको आरोप अस्वीकार गरेका छन । मूल्य समायोजन गर्दा कुनै पनि चलखेल नभएको दाबी गर्दै उनले भने, ‘निगमले कुनै किसिमको चलखेल गरेको छैन । हामी शतप्रतिशत पारदर्शी रुपमा मूल्य समायोजन गरेका छौँ ।’

निगम अझै २० अर्ब बढी ऋणभारमा रहेको भन्दै उनले आवश्यकताअनुसार मूल्य घटाउन भने नसकेको स्वीकारे । ‘जति मूल्य घटाउनु पर्ने हो, त्यति मूल्य निगमले घटाउन सक्ने अवस्थामा अझै आइपुगेको छैन,’ उनले भने । गत ६ महिनाअघि पेट्रोल र डिजेलको मूल्यले नायाँ रेकर्ड कायम गरेको थियो । त्यस बेलादेखि नै पेट्रोलियम पदार्थक मूल्य अकासिएको थियो ।

निगमले गत ८ जेठमा सार्वजनिक गरेको विज्ञप्तिअनुसार ३ अर्ब ३५ करोडभन्दा बढी घाटा रहेको थियो । सोही मितिदेखि गत शुक्रबारसम्म निगमले भारतबाट ११७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोललाई १८०, डिजेल र मट्टितेल १६३ रुपैयाँमा बेचिरहेको थियो । त्यस दिनदेखि नै पेट्रोल १८०, डिजेल र मट्टितेल १६३ मूल्य निगले तोकेको थियो ।

जेठयता पनि भारतबाट मूल्य घटेर आउँदा निगमले मूल्य नघटाइ बेचिरहेको थियो । भारतले गत मंसिर १५ गते पठाएको मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ, डिजलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपैयाँ र हवाइ इन्धनमा ४२ रुपैयाँ १६ पैसा नाफा हुँदा पनि निगमले मूल्य घटाएन ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ट्राफिक सप्ताह–२०८२ :  ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

  • अन्तर्वार्ताः  तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

    अन्तर्वार्ताः तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

  • भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

    भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

  • अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

    अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २९ गते मंगलबार

    २०८२ पुस २९ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ट्राफिक सप्ताह–२०८२ :  ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    अन्तर्वार्ताः  तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

    अन्तर्वार्ताः तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

    भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

    भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

    अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

    अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution