Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कोरोना विरुद्ध करिब ५० लाख मात्रा खोप मौज्दात

प्रत्यूष १०५६ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २८, बुधबार (३ साल अघि)
कोरोना विरुद्ध करिब ५० लाख मात्रा खोप मौज्दात

काठमाडौँ,२८ मंसिर ।
कोरोना भाइरस विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात छ ।

उहाँले अहिले सङ्क्रमण घटिरहेकोले माग नहुँदा खोपको मौज्दात रहेको जानकारी दिनुभयो । सबैभन्दा बढी भेरोसेल खोप मौज्दात छ । भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात छ भने फाइजर ६० हजार सात सय ५६, र फाइजर ९बालबालिका०लाई लगाउने चार लाख ९४ हजार सात सय १० मात्रा मौज्दात छ । सबैभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात छ ।

प्रदेश नं १ मा पाँच हजार तीन सय ७३, मधेश प्रदेशमा ४७ हजार आठ सय ९०, बाग्मती प्रदेशमामा पाँच लाख ५४ हजार नौ सय ६९, हेटौँडामा एक लाख ३५ हजार तीन सय ९८ मात्रा खोप मौज्दात छ । गण्डकी प्रदेशमा सात हजार छ सय ९६, लुम्बिनी प्रदेशमा एक लाख ११ हजार छ, कर्णाली प्रदेशमा ५० हजार पाँच सय ४६ र सुदूरपश्चिम प्रदेशमा आठ हजार सात सय ५४ मात्रा खोप मौज्दात छ । शाखा प्रमुख डा चौरसियाले माग भएमा प्रदेश र जिल्लामा खोप आपूर्ति गरिने जानकारी दिनुभयो ।

अहिले दैनिक दशभन्दा कम व्यक्तिमा सङ्क्रमण देखिएको छ । नेपालमा अहिलेसम्म छ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेकामा कूल लक्षित जनसङ्ख्यामध्ये ९९दशमलव पाँच प्रतिशतमा पहिलो मात्रा र ९५दशमलव सात प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकेको छ । यस्तै कूल जनसङ्ख्याको ७९दशमलव पाँच प्रतिशतले पहिलो मात्रा र ७६दशमलव पाँच प्रतिशतदले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण

  • Post Thumbnail

    सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

  • Post Thumbnail

    स्वास्थ्य अधिकार कार्यान्वयन र गुणस्तरीय सेवा प्रवाहमा ऐक्यबद्धता

  • Post Thumbnail

    इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सेवा सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

    तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

    तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

    Post Thumbnail

    विन्ध्यवासिनीमा नवदुर्गा महोत्सवको तयारी

    Post Thumbnail

    मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution