Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि मार्गचित्र

प्रत्यूष ४२० पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २६, सोमबार (३ साल अघि)
स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि मार्गचित्र

काठमाडौँ, २६ मङ्सिर ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच पु¥याउनका लागि मार्गचित्र तयार पारिरहेको छ ।

स्वास्थ्य सेवा विभागले ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस’का अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले स्वास्थ्य क्षेत्रमा रहेको असमानतालाई हटाई सबै नागरिकमा स्वास्थ्य सेवा पु¥याउनका लागि मार्गचित्र तयार पारिरहेको जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्यमा सबैको पहुँच पु¥याउनका लागि गहन, सहज र पारदर्शीरुपले स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य सेवा नपुगेका दूरदराज ठाउँका सर्वसाधारणलाई सेवाको पहुँच पु¥याउन सरकार लागिपरेको बताउनुभयो ।

उहाँले संविधानले व्यवस्था गरेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउनेतर्फ सरकार केन्द्रित भएको बताउनुभयो । कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले पहल गरेको बताउनुभयो ।

उहाँले संविधान, राष्ट्रिय स्वास्थ्य नीति २०७६, स्वास्थ्य क्षेत्र रणनीतिअनुसार नागरिकको आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने, आकस्मिक उपचार सेवा उपलब्ध हुने र गुणस्तरीय उपचार सेवा पाउने मौलिक हकलाई सुनिश्चित गर्न वार्षिक कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

उहाँले बहुपक्षीय सहकार्यमार्फत् पनि आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने, स्वास्थ्य सेवा प्रदायकको कार्यसम्पादन प्रभावकारी बनाउने, स्वास्थ्य संस्थाको समयानुकूल क्षमता अभिवृद्धि गर्ने, विशेषज्ञ एवं विशिष्टिकृत सेवा विकास तथा विस्तार गर्ने, नागरिकको आवश्यकता र क्षमतालाई आधार मानी स्वास्थ्य बीमा कार्यक्रम परिमार्जन गर्ने बताउनुभयो ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले सबैलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गरिने बताउनुभयो । उहाँले अझै पनि स्वास्थ्य बीमा कार्यक्रमभन्दा बाहिर रहेका सर्वसाधारणलाई बीमा कार्यक्रममा समेटी स्वास्थ्य सेवालाई निःशुल्क बनाइने बताउनुभयो । उहाँका अनुसार अहिले ६१ लाख ७८ हजार एक सय ४० जना स्वास्थ्य बीमामा आबद्ध छन् ।

विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा अनुप बाँस्तोलाले सबैमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले आधारभूत स्वास्थ्य सेवा केन्द्र, आधारभूत अस्पताल, सातवटै प्रदेशमा विशेषज्ञ सेवा प्रदान गर्ने आधुनिक अस्पताल र बीमा कार्यक्रम र विपन्न नागरिकका लागि जटिल प्रकारका नसर्ने रोगको उपचार कार्यक्रम विशेषज्ञ एवं विशिष्टिकृत सेवाको विकास र विस्तार गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले सेवा नपुगेका दूरदराजमा टेलिमेडिसिनजस्ता प्रविधिमार्फत् स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम पनि सञ्चालन गरेको बताउनुभयो । आज देशभर ‘हामीले चाहेको विश्वको आवश्यकता, सवैका लागि स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

  • दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

  • म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution