Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २१, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिविसँग नेविसंघको माग

प्रत्यूष ४२५ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २६, सोमबार (२ साल अघि)
ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिविसँग नेविसंघको माग

काठमाडौँ,२६ मंसिर ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिभुवन विश्वविद्यालयसँग आग्रह गरेको छ । हालै सम्पन्न ४८ औं दीक्षान्त समारोहमा उपस्थित त्रिभुवन विश्वविद्यालयको सेमेष्टर प्रणालीअन्तर्गत परीक्षा उत्तीर्ण विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र, लब्धाङक पत्र र चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख भएको ग्रेडिङ मार्कमा व्यापक त्रुटि रहेको जानकारी आएको भन्दै नेविसंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

‘सेमेष्टर प्रणालीअन्तर्गत परीक्षा उत्तिर्ण भइ थप अध्ययन गर्न स्वदेश तथा विदेशका अन्य विश्वविद्यालय एवम् शैक्षिक निकायमा आवेदन दिँदासमेत उक्त त्रुटिका कारण विद्यार्थीहरुले समस्या झेल्नु परेको समेत जानकारी आएकोले तसर्थ सन् २०१७ देखिकै परीक्षाहरुमा यस्ता समस्या देखिएको हुँदा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयलाई यथाशीघ्र, सहजै र निःशुल्क रुपमा उक्त त्रुटिहरू सच्चाइदिनु हुनु नेपाल विद्यार्थी संघ विनम्र अनुरोध गर्दछ,’ नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्ति

मिति : २०७९/८/२६

त्रिभुवन विश्वविद्यालयको ऐतिहासिक पृष्ठभूमि र वर्तमान उच्च शिक्षाको क्षेत्रमा त्रिविले गरेको योगदानको उच्च सम्मान गर्दै, नेपालको शैक्षिक क्षेत्रको विकास र उन्नयनका निमित्त विभिन्न कालखण्डमा विद्यार्थी संगठनहरुले पुर्र्याएको योगदान र संघर्षको स्मरण गर्दै, २०७९ मंसिर २३ गते, पुल्चोक क्याम्पस (पुल्चोक खेल मैदानमा) भब्यतापूर्वक सम्पन्न त्रिभुवन विश्वविद्यालयको ४८ औं दिक्षान्त समारोहमा धेरै विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको सर्वविदितै छ ।

हालै सम्पन्न ४८ औं दिक्षान्त समारोहमा उपस्थित त्रिभुवन विश्वविद्यालयको सेमेष्टर प्रणाली अन्तर्गत परीक्षा उत्तीर्ण विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र, लब्धाङक पत्र र चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख भएको ग्रेडिङ मार्कमा व्यापक त्रुटि रहेको जानकारी आएको र सेमेष्टर प्रणालीअन्तर्गतको Deviation System लाई समेत पालना नगरी अंक निर्धारण गरेको र विद्यार्थीले छनोट गरेको Speliciation विषयको उल्लेख नगरी सबैमा All भनी उल्लेख गरेकोले विद्यार्थीले मुख्य अध्ययन गरेको विषय नछुटाएको भनी व्यापक असन्तुष्टि आएको हुँदा यस विषयमा नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

ऐतिहासिक पृष्ठभूमि बोकेको मुलुक कै प्रतिष्ठित विश्वविद्यालयबाट पटक पटक यस्ता गल्ति हुनु / दोहोरिनु त्रिवि र नेपालको शैक्षिक निकाय प्रति विद्यार्थीहरुको विश्वास र भरोसा घट्दै जानुको मुख्य कारण हो ।

सेमेष्टर प्रणाली अन्तर्गत परीक्षा उत्तीर्ण भै थप अध्ययन गर्न स्वदेश तथा विदेशका अन्य विश्वविद्यालय एवम् शैक्षिक निकायमा आवेदन दिदाँ समेत उक्त त्रुटिका कारण विद्यार्थीहरुले समस्या झेल्नु परेको समेत जानकारी आएकोले तसर्थ सन् २०१७ देखिकै परीक्षाहरुमा यस्ता समस्या देखिएको हुँदा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयलाई यथाशीघ्र, सहजै र नि:शुल्क रुपमा उक्त त्रुटिहरू सच्चाइदिनु हुनु नेपाल विद्यार्थी संघ विनम्र अनुरोध गर्दछ ।

साथै भावी दिनमा विद्यार्थीहरुको शैक्षिक भविष्य माथि नै गम्भीर असर पर्ने यस्ता गल्तीहरू नगर्न/नदोहोर्याउन सचेत समेत गराउँदछौं ।
जय नेपाल !

दुजाङ शेर्पा
अध्यक्ष नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति

बोधार्थ :

१. त्रिभुवन विश्वविद्यालय सम्बन्धित विभाग (सबै), त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, त्रिभुवन विश्वविद्यालय सम्बन्धित क्याम्पस (सबै)

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

  • प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

  • किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

  • साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution