Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेत्रावतीमा महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सम्मान कार्यक्रम

प्रत्यूष ११७९ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २०, मंगलबार (३ साल अघि)
नेत्रावतीमा महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सम्मान कार्यक्रम

धादिङ । नेत्रावती डवजोङ गाउपालिकामा १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा अन्तरक्रिया सहित पालिकामा कार्यरत स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान गरिएको छ । जेष्ठ महिला स्वास्थ्य स्वयसेविका गंगाअधिकारीको अध्यक्ष तथा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

गाउपालिका भित्र रहेका २८ जना महिला स्वास्थ्य स्वयसेविका मध्ये कार्यक्रममा २१ जनाको उपस्थिति रहेको थियो ।
दिवसकै अवसर पारेर गाउपालिकामा कार्यरत १८ दिने सुत्केरी महिला स्वास्थ्य स्वयंसेविका मंगली तामाङलाई पोषण सामाग्री हस्तान्तरण गरिएको छ । नेत्रावती डवजोङ गाउपालिका वडा न ३ का वडा अध्यक्ष शुरेश वाईवा तामाङ र स्वास्थ्य शाखामा कार्यरत कमचारी तथा वडा सचिव सुनिता लामा थोकरले घरमा नै पुगी सम्मान सहित उक्त पोषण सामाग्री प्रदान गर्नु भएको हो ।
दिवसकै अवसरमा गाउपालिकाका सभाहलमा आयोजित कार्यक्रममा मतदाता शिक्षामा खटिएका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई नगद रु १०,०००। का दरले कार्यक्रमका प्रमुख अतिथि हरेराम शाहले प्रदान गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहले इमान्दारिता र आफ्नो कर्तब्यमा कन्जुस्याई नगरीकन महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई काममा लाग्न आग्रह गर्नु भएको छ । उहाँले महिला स्वास्थ्य स्वयसेविकाहरुको कामको आधारमा सेवा सुविधा बढाउदै लैजाने समेत बताउनु भएको छ ।

त्यसैगरी गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बद्री पौडेलले महिला स्वास्थ्य स्वयं सेविकाहरुले आमा समुहको बैठक राख्नुपर्ने,गर्भवती तथा सुत्केरी महिलाहरुलाई नियमित रुपमा स्वास्थ्य संस्थामा जांच गराउन भन्नुपर्ने,घरमा सुत्केरी सुन्य बनाउन अहम भुमिका खेल्नुपर्ने,सवै बच्चाहरुको लागी पुर्ण खोपको सुनिश्चितता गर्नुपर्ने,सुत्केरी तथा गर्भवतीहरुलाई समय समयमा स्वास्थ्य संस्थामा जांच गराउनको लागी मोवाईल बाट SMS पठाउनुपर्ने कुरामा जोड दिनु भएको छ । उहाँले नेपाल सरकारले हाल स्वास्थ्य स्वयसेविकाहरुले गर्नेे उपचारहरुलाई खुम्चाएता पनि स्वास्थ्य स्वयं सेविकाहरुको भुमिका अहम हुने बताएका छन्

२०४५ साल देखि स्वास्थ्य स्वयंसेविकाको अवधारण आएको र सुरुमा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रचार प्रसार गर्न, जनचेतना फैलाउन,नुन चिनी पानी बनाउने तरिका सिकाउने हेतुले राखिएको थियो । नुन चिनी पानी बनाएर खुवाउदा प्रतिकुल असर देखिएकोले जीवनजलको अवधारण आएको र जीवन जल बनाउने तरिका सिकाउन महिला स्वास्थ्य स्वयं सेविकाहरु गाउँ गाउँमा जाने गरेका थिए । २०५८ साल देखि ६ महिना देखि ५ बर्ष सम्मको बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि महिला स्वास्थ्य स्वयंसेविका मार्फत नै हाल सम्म बितरण हुदै आएको छ । २०७२ सालको भुकम्प पछि उनिहरुले बालभिटा समेत खुवाउँदै आएका छन् । स्वयं सेविकाहरुले गर्भवती तथा सुत्केरी महिलाहरुलाई आइरन चक्की,जुकाको औषधी, सुत्केरीलाई भिटामिन ए खुवाउन र बच्चाहरुको निमुनियाको उपचार,स्वास द्धार गन्ने र झाडापखाला लागि हालेमा जिङ्क चक्की र जीवनजल खुवाउने गरेका छन् ।

२०४५ सालमा नियुत्ती भएका अधिकांश स्वास्थ्य स्वयं सेविकाहरु ६० बर्ष कटेकाले हाल अधिकांश नया स्वास्थ्य स्वयं सेविकाहरु सेवामा लागी रहेका छन् । हाल धादिङ जिल्लामा ४६३ जना महिला स्वास्थ्य स्वयं सेविका रहेको र जस मध्ये २८ जना नेत्रावती डवजोङमा कार्यरत रहेको स्वास्थ्य शाखा प्रमुख तथा सुचना अधिकारी कृष्ण बद्री पौडेलले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

  • Post Thumbnail

    धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

  • Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल टुभालुमा

  • विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो

    विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    उद्योग व्यवसायीद्वारा नारायणगढ बजार  जोगाउन माग

    उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

    Post Thumbnail

    धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

    Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल टुभालुमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution