Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २९, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चिना बनाउन सिकाउने पुस्तक ‘कुण्डलीप्रकाश’ सार्वजनिक

प्रत्यूष ६५८ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर १७, शनिबार (३ साल अघि)
Post Thumbnail

काठमाडौँ,१७ मंसिर ।
नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका सह प्राध्यापक डा माधवप्रसाद पाण्डेयले लेख्नुभएको पुस्तक ‘कुण्डलीप्रकाश’ सार्वजनिक गरिएको छ । वाल्मीकि विद्यापीठ ज्योतिष विभागले आयोजना गरेको कार्यक्रममा चिना निर्माणसँग सम्बन्धित विषयवस्तु समेटिएको तीन सय २० पृष्ठको पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तक शास्त्री (स्नातक) तहका विद्यार्थीका लागिसमेत उपयोगी रहेको सो अवसरमा जानकारी गराइएको छ । पुस्तक विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङले विश्वविद्यालय, विद्यापीठले गर्नुपर्ने पुस्तक प्रकाशनको काम गरेर पाण्डेयले पूर्वीय दर्शनका लागि महत्वपूर्ण योगदान गर्नुभएको बताउनुभयो । ज्योतिष विषयमा अध्ययन, अनुसन्धान गरेर पुस्तक लेख्नेक्रम बढाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो ।

कार्यक्रममा विद्यापीठका पूर्वप्राध्यापकसमेत रहनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, पूर्वप्राध्यापकद्वय प्रा डा ऋषिराम पौडेल र प्रा रामप्रसाद अधिकारीलाई लामो समय ज्योतिष शिक्षणमा योगदान दिनुभएको भन्दै सम्मानितसमेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित व्यक्तित्वत्रय अधिकारी, पौडेल र अधिकारी, लेखक पाण्डेय, ज्योतिष विभागका प्रमुख धनेश्वर नेपाल, सहप्राध्यापक मुरलीधर दाहाल, सहायक प्राध्यापक अमरराज ढकाललगायतले ज्योतिष विषयमा नेपाली लेखकले लेखेका पछिल्ला पुस्तक कम भइरहेका बेला सार्वजनिक भएको ‘कुण्डलीप्रकाश’ ले यसका विद्यार्थी, अध्यापक र जिज्ञासुका लागि सहयोग पुग्नेमा जोड दिनुभएको थियो।

ज्योतिष विद्या प्रालीले प्रकाशन गरेको पुस्तकको मूल्य रु चार सय ५९ तोकिएको छ । फलित ज्योतिष विषयमा विद्यावारिधि गर्ने डा पाण्डेय नेपालकै विद्वान हुनुहुन्छ । विभिन्न पत्रपत्रिकामा ज्योतिष विषयमा लेखरचना पनि लेख्ने पाण्डेयका यसअघि ‘व्यावहारिक ज्योतिष, २०५९’, ‘बेलापञ्चाङ्ग, २०६०’, ‘बृहज्जातकम्, २०६१’ पुस्तक प्रकाशन भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ट्राफिक सप्ताह–२०८२ :  ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

  • अन्तर्वार्ताः  तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

    अन्तर्वार्ताः तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

  • भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

    भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

  • अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

    अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २९ गते मंगलबार

    २०८२ पुस २९ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ट्राफिक सप्ताह–२०८२ :  ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    अन्तर्वार्ताः  तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

    अन्तर्वार्ताः तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

    भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

    भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

    अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

    अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution