Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ९, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

रवि लामिछाने भन्छन्-इच्छाकामनाबाट सोचेभन्दा बढी भोट आयो, अब लिड गर्ने पालो मेरो

प्रत्यूष ६१६ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ६, मंगलबार (३ साल अघि)
रवि लामिछाने भन्छन्-इच्छाकामनाबाट सोचेभन्दा बढी भोट आयो, अब लिड गर्ने पालो मेरो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा हालसम्म आइरहेको नतिजाबाट सन्तुष्ट रहेको बताएका छन्।

मतगणना स्थल अ‍ौद्योगिक प्रदर्शनी केन्द्रमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै लामिछानेले इच्छाकामनामा नेकपा एमालेसँग ठूलो अन्तर हुने अनुमान गरेको दाबी गरे।

‘तर भोट हामीले सोचेभन्दा धेरै आयो, अन्तर सोचे भन्दा कम भयो,’ चितवन-२ का उम्मेदवार लामिछानेले भने, ‘विपक्षी दलका नेताहरूले पनि सोचेभन्दा कम अन्तर आयो भन्नुभएको छ।’

चितवन-२ को इच्छाकामना गाउँपालिकाको मतगणना सकिएको छ।

यहाँको १०४०५ मत गणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेल ३६२३ मतका साथ सबैभन्दा अगाडि छन्।

नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३२१६ मत प्राप्त गरेका छन्। लामिछानेले २९७८ मत ल्याएका छन्।

लामिछाने र पोखरेलको मतको अन्तर ६४५ छ। एमालेले यो गाउँपालिकाबाट कम्तीमा १ हजार ५ सय मतले लिड गर्ने आशा राखेको थियो। इच्छाकामनामा पहाडी क्षेत्रहरू पर्छन्।

अहिले कालिका नगरपालिकाको गणना सुरू भएको छ।

लामिछानेले कालिका नगरपालिकाका सबै वडाहरूमा आफूलाई उल्लेख्य मत आउने दाबी गरे।

‘इच्छाकामनाबाट सोचेभन्दा बढी भोट आयो, अब लिड गर्ने पालो मेरो हो,’ उनले भने।

चितवन-२ मा भरतपुर महानगरपालिकाका १० वटा वडाहरू पनि पर्छन्।

सभापति लामिछानेले आफ्नो पार्टीले देशभरबाट उल्लेख्य मत पाइरहँदा उत्साहित भएको बताए।

‘समानुपातिकतर्फ तेस्रो दल बनिरहेका छौं, दोस्रो वा पहिलो बन्ने सम्भावना पनि देख्छु,’ लामिछानेले भने।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

  • बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

    बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

  • माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

  • एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ८ गते बिहिबार

    २०८२ माघ ८ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

    बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

    बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution