Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपालले जित्यो युएई विरुद्धको एक दिवसीय सिरिज

प्रत्यूष ५२७ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २, शुक्रबार (३ साल अघि)
नेपालले जित्यो युएई विरुद्धको एक दिवसीय सिरिज

काठमाडौँ,०२ मंसिर।

नेपालले युएईविरुद्धको तीन एक दिवसीय सिरिजको उपाधि जितेको छ । शुक्रबार भएको अन्तिम तथा निर्णायक खेलमा युएईलाई विकेटले पराजित गर्दै नेपालले सिरिज २-१ ले जितेको हो ।  सोमबारबाट सुरु भएको सिरिजमा पहिलो खेलमा युएईलाई ८४ रनको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा तीन ६ विकेटको जित निकालेको थियो ।

शुक्रबार टियु क्रिकेट मैदानमा भएको तेस्रो खेलमा युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखले अर्धशतकिय पारी खेले । मल्लले ७३ बलमा ७ चौका र ३ छक्काको मद्धतमा ६४ रनको योगदान गरे । शेखले नटआउट रहँदै ११९ बलमा १२ चौकाको मद्धतमा ८८ रन बनाए । अर्का ओपनर अर्जुन साउद ९ रनमै आउट भए ।

कप्तान रोहित पौडेल १० रनमा रनआउट भए ।  हरिशङ्कर शाह शून्य रनमै अविजित रहे भने दिपेन्द्र सिंह ऐरी पहिलाे बलमै रन आउट भए । युएईका हजरत बिलाल र आयान अफजल खानले एक/एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ थालेको युएईले ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । युएईका लागि हजरत बिलाल र आयान अफजल खानले उत्कृष्ट साझेदारी गरे । एक समय ३१.१ ओभरमा ९३-९ को अवस्थामा पुगेपनि दशौं विकेटका लागि आयन र हजरतले पुरै ओभर खेल्दै अविश्वसनीय पूनरागमन गराए ।

बिलालले २० रन बनाउँदा खानले ५४ रनको योगदान गरे । ओपनर मोहम्मद वसीमले ११ रन बनाउँदा वृत्य अरविन्द शून्यमै आउट भए । सीपी रिजवानले ४, रोहन मुस्तफाले २४, अलिशान शराफुले ३३, बासिल हमिदले ८, विष्णु सुकुमारनले २ रन बनाए । अहमद रजा र जहुर खान शून्यमै आउट भए । नेपालका बलरहरुले उत्कृष्ट बलिङ गरे । गुलसन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान दुई/दुई विकेट लिएका छन् । ललित राजवंशी र सोमपाल कामीको नाममा एक/एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution