Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राजेश हमाललाई उत्कृष्ट लाग्यो ‘महापुरूष’, भन्छन्- भावुक भएँ

प्रत्यूष ५४० पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २९, मंगलबार (३ साल अघि)
राजेश हमाललाई उत्कृष्ट लाग्यो ‘महापुरूष’, भन्छन्- भावुक भएँ

काठमाडौं । अभिनेता राजेश हमालले हाल प्रदर्शनमा रहेको चलचित्र ‘महापुरुष’ ले नेपाली समाजको भावना र पुस्तान्तरणको कथा व्यक्त गरेको बताएका छन् । सोमबार साँझ दरबार सिनेप्लेक्समा फिल्म हेरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले फिल्म उत्कृष्ट बनेको बताए ।

‘फिल्म उत्कृष्ट बनेको छ । यसमा हरेक वर्ग र उमेर समूहको भावनालाई समेटिएको छ । हेर्दै गर्दा दर्शक सहजै जोडिन्छन’, उनले भने, ‘फिल्ममा देखिएका सम्बन्ध र नातालाई आफूलाई समेत नियाल्न प्रेरित गर्छ । म केही स्थानमा भावुकसमेत भएँ ।’

उनले एक्लोपनमा खोजिने साथलाई फिल्मले प्रस्ट्याएको बताए । ‘हामीले उमेर हेरेर गरिएको विवाह बारे सतही टिप्पणी गर्ने गर्छौं । तर एक्लोपनलाई साथ चाहिन्छ । किनकि भावनात्मक सम्बन्धको खाँचो सबैलाई हुन्छ’, उनले भने । फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले अभिनेता हमाललाई प्रतिक्रियाको लागि धन्यवाद दिए । ‘उहाँले फिल्म हेर्दै हुनुहुन्छ भन्नेमै उत्साहित थियौं । हामीले भन्न खोजेको कुरा दृश्यमार्फत उहाँसम्म पुगेको पाउँदा झनै उत्साहित छौं’, उनले भने ।

अभिनेता हमालले फिल्ममा अभिनय गरेका कलाकारसहित नयाँ अनुहारद्वय अरुण क्षेत्री र अञ्जना बराइलीको समेत खुलेर प्रशंसा गरे । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टलगायतले अभिनय रहेको छ । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजंग भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा फिल्ममा डेब्यु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

    मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

  • गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

    गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

  • पर्यटकको रोजाइमा वेतना सिमसार

    पर्यटकको रोजाइमा वेतना सिमसार

  • एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ११ गते आईतबार

    २०८२ माघ ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

    मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

    गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

    गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

    पर्यटकको रोजाइमा वेतना सिमसार

    पर्यटकको रोजाइमा वेतना सिमसार

    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution