Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २२, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त

प्रत्यूष २५९ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २३, बुधबार (२ साल अघि)
निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त

काठमाडौँ,२३ कात्तिक ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी छ । निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारिएको छ । यसपटक निर्वाचन सुरक्षामा झन्डै तीन लाख सुरक्षाकर्मीहरु परिचालित छन् ।

तीन सुरक्षा निकायका एक लाख ८२ हजार सुरक्षा जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालित छन् । अहिले आवश्यकताका आधारमा धेरै सुरक्षाकर्मी निर्वाचन सुरक्षामा परिचालित भइसकेका गृह मन्त्रालयले जनाएको छ । मतदानस्थलको चुनौतीका आधारमा विश्लेषण गरेर निर्वाचन सुरक्षा चुस्त पारिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।

मन्त्रालयले एकीकृत सुरक्षा योजना बनाएर तीन सुरक्षा घेरा निर्माण गरी निर्वाचनको विशेष सुरक्षा योजना तयार पारेको छ । जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना तैनाथ हुनेछन् ।आ–आफ्नो सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी पूरा गर्न तीनवटै सुरक्षा निकाय सक्रिय छ । सुरक्षा निकाय तल्लीनसाथ लागेको छ ।

निर्वाचन आयोगमा रहेको निर्वाचसम्बन्धी संयुक्त अपरेसन टोलीले समेत एकीकृत रुपमा काम गरिरहेको छ । त्यसका लागि नेपाल प्रहरीबाट एसएसपीको नेतृत्वमा नौजनाको समूह छ । सामाजिक सञ्जाल लगायतका विभिन्न क्षेत्रमा निगरानी गर्ने काम गरिरहेको छ ।
“समग्रमा यसपालिको निर्वाचनको सुरक्षा योजना राम्रो र भरपर्दो छ, ढुक्कसँग मत दिने वातावरण छ”, नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भन्नुभयो ।

उहाँका अनुसार यसपटक २८ साना समूहले चुनाव बहिष्कार गर्छौं भनेका छन् । ती समूहको सूक्ष्म निगरानी भइरहेको छ । “उनीहरुको समूह ठूलो छैन तर पनि त्यसको हामीले हरेक कोणबाट निगरानी गर्ने र उसका गतिविधिको सूक्ष्म विश्लेषण गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

यस्तो छ नेपाल प्रहरीको तयारी

चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न कटिबद्ध रहेका नेपाल प्रहरीले जनाएको छ । ढुक्कसँग चुनावमा मत दिने वातावरण निर्माणमा नचुक्ने गरी सुरक्षा योजना बनाएको जनाइएको छ । विगतमा सुरक्षाले नसमेटेको क्षेत्रमा समेत अहिले प्रहरी परिचालित छ । अस्थायी चौकी खडा गरेरै निगरानी बढाइएको छ । सबै आवश्यक क्षेत्रमा म्यादी प्रहरी पनि परिचालित छन् ।

अलिकति समस्या उम्मेदवार र दलका प्रतिनिधिबीचमा हुने विवादहरु नै रहेको प्रहरीको निष्कर्ष छ । विगत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा त्यही भएको थियो । त्यसमा केही घटना भएको छ, त्यो कसरी भयो, सुरक्षा कहाँ चुक्यो, त्यसबाट पाठ लिएर अहिलेको सुरक्षा योजना बनाइएको प्रहरी प्रवक्ता राईले जानकारी दिनुभयो ।

प्रदेशगत रुपमा भेटेर छलफल गर्ने र सुरक्षाकर्मीको मनोबल बढाउने काम नेपाल प्रहरीका उच्च अधिकारीहरुबाट भइरहेको तथा आवश्यक निर्देशन दिइएको पनि उहाँले बताउनुभयो । प्रवक्ता राईले भन्ुनभयो, “हरेक निर्वाचनमा जहिले पनि सुरक्षाको चुनौती हुन्छ नै, तर चुनाव बिथोलिने अवस्था हुन्न, द्वन्द्वकालमा त चुनाव भएको थियो अहिले त सबै राजनीतिक पार्टीहरु चुनाव गराउन एक मत हुनुहुन्छ भने योपटक सुरक्षा चुनौती छ भन्न मिल्दैन ।”

नेपाल प्रहरी कहीँ कतै आकस्मिक घटना जहिले पनि हुनसक्छ भन्ने आङ्कलन गरेर त्यसको व्यवस्थापनका लागि नेपाल प्रहरी तयारीका साथ रहेको जनाइएको छ । अहिले आचारसंहिता पालनामा निर्वाचन आयोग आफैँ साक्रियताका साथ लागेकाले पनि थप सहज भएको प्रहरीको निष्कर्ष छ ।

यसपटकको निर्वाचनमा नेपाल प्रहीतर्फ ७१ हजार ६ सय ९३ जनशक्ति खटाइएको छ । त्यसका साथै एक लाख १५ हजार म्यादी प्रहरी छन् । काठमाडौँबाट यही २५ गतेसम्ममा झन्डै १२ हजार थप मद्दत विभिन्न प्रदेशमा पु¥याइन लागिएको छ ।

दोस्रो घेराको सुरक्षामा सशस्त्र प्रहरी
मङ्सिर ४ को निर्वाचनमा दोस्रो घेराको सुरक्षा पहरामा रहेको सशस्त्र प्रहरीले ३५ हजार जनशक्ति परिचालन गरेको जनाएको छ । आवश्यक जनशक्ति निर्वाचनमा खटिइसकेका छन् भने केही तयारी अवस्थामा रहेका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको सुरक्षाको जिम्मा पनि सशस्त्र प्रहरीलाई छ । त्यसका साथै दोस्रो घेरामा रहेर सुरक्षा दिने जिम्मेवारी सशस्त्र प्रहरी बललाइ छ । सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले सशस्त्रको निर्वाचन सुरक्षा बेस स्थापना गरी सादा पोसाक र मोबाइल गस्तीहरु सुरु भइसकेको जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा समेत आवश्यक निगरानी भइसकेको उहाँले बताउनुभयो । सुरक्षा चुनौतीका आधारमा मतदानस्थलको वर्गीकरण गरी त्यही अनुसारको सुरक्षा रणनीति बनाइएको पनि उहाँले जानकारी दिनुभयो ।

सेनाको यस्तो छ निर्वाचन सुरक्षा
नेपाली सेनाले यसपटकको निर्वाचनमा कुल ७५ हजार जनशक्ति परिचालन गर्दैछ । त्यसमध्ये आवश्यकताका आधारमा परिचालन हुनेछन् । सबै जनशक्ति परिचालन हुने गरी तयारी अवस्थामा रहेको छ ।

विगतको अनुभवका आधारमा एकीकृत सुरक्षा योजना मुताबिक सेनालाई प्राप्त म्यान्डेडअनुसार सबै जिल्लामा सेनाले निगरानी थालेको छ । जेल, विमानस्थललगायत सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षाको जिम्मा लिइरहेको ठाउँँमा समेत सेनाले जिम्मा लिइसकेको पनि उहाँले बताउनुभयो ।

त्यसका साथै मतपत्र छपाइ भण्डारण तथा ढुवानीसम्बन्धी सुरक्षाको जिम्मा सेनाको छ । सेना निर्वाचनको तेस्रो घेरामा रहने सुरक्षा दस्ता हो । त्यसका साथै हवाई निगरानी र बम डिस्पोजको आवश्यक सबै काम सेनाले गर्नुपर्ने भएकाले त्यसको तयारी पनि सबै प्रदेशमा गरिएको प्रवक्ता सिलवालले बताउनुभयो । यसअघि रहेको बेसले नभ्याउने ठाउँमा छुट्टै बस खडा गरेर निगरानी बढाएको पनि उहाँले जानकराी दनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

  • प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

  • किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

  • साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution