Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ब्याजदर वृद्धिविरुद्ध उद्योगी व्यवसायीको साङ्केतिक प्रदर्शन

प्रत्यूष ३७२ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १८, शुक्रबार (३ साल अघि)
ब्याजदर वृद्धिविरुद्ध उद्योगी व्यवसायीको साङ्केतिक प्रदर्शन

काठमाडौँ,१८ कात्तिक ।
बैंकहरुले ब्याजदर वृद्धि गरेको विरोधमा उद्योग व्यवसायीले आज यहाँ प्रदर्शन गरेका छन् । ब्याजदरमा स्थायित्व हुनुपर्ने, सहजरुपमा ऋण नवीकरण गर्न पाउनुपर्ने, आधारदरका कारण बढेको प्रिमियम घटाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाले लिइरहेको सेवाशुल्क घटाउने तथा अतिरिक्त शुल्क लिन नपाउनेलगायतका माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

ब्याजदर वृद्धिलगायत विभिन्न कारणले उद्योग व्यवसायको लागत बढेको भन्दै उद्योगी व्यवसायीहरुले सम्बन्धित निकायको ध्यानाकर्षणका लागि माइतीघर मण्डलामा प्रदर्शन गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो ।

“बैंकको ब्याजदर वृद्धि उद्योगी व्यवसायीले खप्नै नसक्ने अवस्था भयो । सरकार र सम्बन्धित निकायको ध्यानाकर्षणका लागि विरोध कार्यक्रम गरेका हौँ”, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “समस्यामा परेका उद्योगी व्यवसायी स्वतःस्फूर्तरुपमा विरोध कार्यक्रममा आएका छन् । सम्बन्धित निकायको ध्यानाकर्षण हुन्छ भन्ने आशा छ ।”

आजको साङ्केतिक विरोध कार्यक्रममा विभिन्न प्रदेश तथा जिल्ला सङ्घ, वस्तुगत सङ्घ सहभागी भएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । विरोध कार्यक्रमको निरन्तरताका रुपमा आइतबारदेखि विभिन्न जिल्लामा उद्योग व्यवसाय बन्द गर्ने तयारी रहेको उहाँको भनाइ छ ।

आजको प्रदर्शनमा उद्योगी व्यवसायीले ‘बैंक हामीलाई प्यारो छ, ब्याजदर वृद्धिले हामीलाई गाह्रो छ’ ‘ब्याजदर चर्को भो, गरिखान गाह्रो भो’, ‘उद्योग व्यापार नबचे अर्थतन्त्र बच्दैन’ जस्ता नारा लेखिएका ब्यानर बोकेका थिए ।

वित्तीय क्षेत्रका समस्या समाधान गर्न भन्दै महासङ्घका प्रतिनिधिले अघिल्लो साता नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले असर पारिरहेकाले तरलता व्यवस्थापनमा समस्या, ब्याजदरमा स्थायित्व, बाह्य क्षेत्र व्यवस्थापन र मूल्य स्थिरताका लागि राष्ट्र बैंकले पहल गर्नुपर्ने उद्योगी व्यवसायीको माग छ ।

त्यस्तै चालू पूँजी निर्देशिकामा भएको संशोधन कार्यान्वयन गर्न नहुने, कर्जाको साँवाब्याज भुक्तानीका लागि थप समय पाउनुपर्ने, कर्जा(निक्षेप अनुपात (सिडी रेसियो) संशोधनबारे विस्तृत अध्ययन गर्नुपर्ने, पुँजीगत खर्च बढाउन पहल गर्नुपर्ने, स्थानीय तहको निक्षेपलाई शतप्रतिशत गणना गर्न पाउनुपर्ने लगायतमा माग उद्योगी व्यवसायीले राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

  • म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

    म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

  • दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

    म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution