Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कोभिडपछि पहिलोपटक बन्दीपुरमा पर्यटकको चाप

प्रत्यूष २१६ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १२, शनिबार (२ साल अघि)
कोभिडपछि पहिलोपटक बन्दीपुरमा पर्यटकको चाप

काठमाडौँ,१२ कात्तिक ।
कोभिड–१९ को सङ्क्रमणले देशकै अवस्था प्रभावित हुँदा तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटनमा असर नपुग्ने कुरै भएन । कोभिड–१९ को सङ्क्रमणका कारण बन्दीपुरको पर्यटन व्यवसाय नराम्ररी प्रभावित बन्यो ।

विदेशी त परको कुरा, स्वदेशी पर्यटक पनि बन्दीपुरमा देखिन मुस्किल परे । कोभिड–१९ को सङ्क्रमण घट्दै गएपछि स्वदेशी पर्यटक फाट्टफुट्ट बन्दीपुरमा देखिन थाले । पर्यटन व्यवसायबाटै गुजारा चलाउँदै आएका यहाँका व्यवसायीमा केही राहतको महशुस हुन थाल्यो ।

बन्दीपुरको पर्यटन व्यवसाय पुनःपुरानै अवस्थामा फर्किने प्रयासमा छ । कोभिड–१९ पछि पहिलो पटक बन्दीपुरमा विदेशी तथा पर्यटकको चाप बढेको छ । तिहारको लामो बिदाका कारण बन्दीपुरमा कोभिडपछि पहिलो पटक पर्यटकको चाप बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान बताउनुहुन्छ ।

“बन्दीपुरमा विदेशी पर्यटक देख्न मुस्किल भइसकेको थियो, शुक्रबार मात्रै एक सय विदेशी पर्यटक बन्दीपुर आइपुगेका छन्”, प्रधानले भन्नुभयो, “स्वदेशी पर्यटकको आगमन पनि उल्लेख्य छ ।” विदेशी पर्यटकको सहभागितामा आज बन्दीपुरमा दौड प्रतियोगिता आयोजना हुँदैछ ।

प्रधानका अनुसार शुक्रबार र शनिबार गरी बन्दीपुरमा पाँच हजारभन्दा बढी स्वदेशी पर्यटक आएका छन् । “तिहार र छठका कारण लामो बिदा परेकाले स्वदेशी पर्यटकमा घुम्ने संस्कृतिको विकास भएको छ”, उहाँले भन्नुभयो, “दसैँ बिदामा पनि स्वदेशी पर्यटकको बन्दीपुरमा आगमन भएको थियो ।”

जाडो मौसम सुरु भएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल बढ्नेमा व्यवसायी आशावादी छन् । होटल व्यवसायी बसन्त पौडेलले अब बन्दीपुरमा पर्यटकको आगमन बढ्ने बताउनुभयो । यो मौसम विदेशीको घुम्ने समय भएकाले बन्दीपुर आउनेक्रम बढ्नेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।

बन्दीपुर आउने विदेशी पर्यटकमध्ये फ्रान्स, बेलायतका बढी छन् । चिनियाँ पर्यटक भने बन्दीपुरमा ठप्प छ । “पहिलापहिला बन्दीपुरमा सबैभन्दा बढी पर्यटक चिनियाँ हुन्थे, तर अहिले चिनियाँ पर्यटक ठप्प छन्, युरोपेली मुलुकका पर्यटक आउँछन्”, पौडेलले भन्नुभयो ।

“नेपाल आएका पर्यटक पोखरा, सौराहालगायतका ठाउँसम्म घुम्न निस्किने र त्यही बेला बन्दीपुर भ्रमणका लागि आउने गरेका छन्,” उहाँले भन्नुभयो, “यहाँको रीतिरिवाज, रहनसहन देखेर उनीहरु मख्ख पर्छन् ।”

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् ।रासस

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

  • ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

    ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

  • बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

    बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

  • उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

    उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २३ गते सोमबार

    २०८२ भाद्र २३ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

    ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न अन्वेषण थालियो

    बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

    बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

    उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

    उपभोग्य वस्तुको सहज र सुलभ व्यवस्था गरिने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution